• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

टिकापुर बडुवाल हत्या प्रकरण : नवीनलाई मार्न हतियार बोकेको थियो जयन्द्र समूहले, भूपेन्द्र मारिए

  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी ।  ठेक्कापट्टा आफ्नो हातमा पार्ने गुण्डाको समूह निर्माण गरेका कैलालीको चिसापानी क्षेत्रका लोकजंग शाही समूहमा चिसापानीकै जयन्द्र शाह र नवीन रावल संगठित थिए ।

    तर, नवीन र जयन्द्रको मनमुटाबपछि जयन्द्रले छुट्टै ‘ग्याङ’ तयार पारेका थिए । नवीन जयन्द्रको टिमलाई निस्तेज पार्न चाहन्थ्यो । जयन्द्र समूहलाई जहाँपायो त्यही कुट्ने, हेप्ने प्रवृत्ति नवीन समूहको थियो । तर, जयन्द्रलाई त्यो सह्य भएको थिएन ।

    जसका कारण जयन्द्र शाहले नवीन रावलको ग्याङलाई ‘बढार्ने’ योजना काठमाडौंमा बसेर बनाउन थाले । त्यसका लागि उनले अर्को आपराधिक समूह (कपिल श्रेष्ठ)सँग सहयोग मागेका थिए । श्रेष्ठ समूह जयन्द्र शाह समूहलाई साथ दिन तयार भयो । त्यसपछि सुरु हुन्छ भूपेन्द्र बडुवाल हत्या प्रकरण
    काठमाडौंमा बसेर बनाइएको सोही योजना अनुसार जयन्द्र समूह २०७८ कार्तिक १७ गते काठमाडौंबाट धनगढीका लागि मोटर साइकल यात्रामा हिँड्छ ।

    तीन दिन लगाएर कात्तिक २० गते कैलालीको चिसापानी क्षेत्रमा पुगेको सो समूह चिसापानीभन्दा केही पश्चिमतर्फ रहेको लम्कीस्थित मुनमुन होटेलमा बस्छ । २१ र २२ गते उक्त समूहले कैलालीको बर्दगोरियास्थित बौनिया बजारमा रहेको अनुकूल होटेलमा बसेर नवीन रावललाई मार्न उपयुक्त समयको पर्खाइ गर्ने योजना बनाउँछ ।

    कात्तिक २३ गते नवीन रावल लम्कीमा आयोजना भएको फुटबल प्रतियोगितामा सहभागी भएको जानकारी पाएपछि सोही स्थानमा रावललाई मार्ने योजना बन्दछ । तर, सो योजना विफल बन्छ । ‘नवीनलाई खेल स्थलमै मार्ने योजनासहित जयन्द्रले आफ्नो समूहमा रहेका युवालाई बोलाएको थियो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले भने,‘तर जयन्द्रका युवा खेल क्षत्रमा पुग्न अगावै नवीन त्यहाँबाट निस्की सकेका थिए । जसका कारण उनीहरूको पहिलो योजना सफल भएन ।’ टिकापुर गएको भन्ने जानकारीपछि जयन्द्रको समूह पनि  नवीनको खोजीमा टिकापुरतर्फ लागे ।

    तर, टिकापुरमै रहेका नवीन रावलले त्यसको चाल पाइहाले । रावलले पनि तत्कालै आफ्नो ग्याङमा आबद्ध आर्यन, मिहाल, हेमन्त, मदन, चिरञ्जीवी, रोशन, निशान्त, धिरज, रोहित, सोहन र विकास शेरचनलाई टिकापुरको रोडसाइड क्याफेमा बोलाए । रोडसाइड क्याफेमा जम्मा भएको रावल ग्याङले तत्कालै जयन्द्र ग्याङका सदस्यलाई जहाँ भेट्यो त्यही मार्ने योजना बनाए । सोही दिनको बेलुकापख उनीहरू हतियार सहित जयन्द्र समूहको खोजीमा निष्के ।

    नवीन समूह बलियो हुने देखेपछि बेलुका पख जयन्द्र समूहका युवा टिकापुरबाट फरार भए । तर, सोही समूहका कपिल श्रेष्ठ टिकापुरमै छुटे । टिकापुरमा एक्लिएका कपिलले लम्कीका भूपेन्द्र बडुवाललाई सहयोग माग्छन् । राती भए पनि भूपेन्द्र बडुवाल साथीलाई ल्याउन भन्दै टिकापुरतर्फ लाग्छन् । सोही क्रममा बडुवाल र नवीन समूहका युवाबीच बाटोमा भेट हुन्छ । टिकापुरस्थित जमरा पुल नजिक भूपेन्द्रलाई भेटाएका नवीन समूहका युवाले उनलाई जयन्द्रको समूहलाई सघाएको आरोप लगाउँदै  लखेट्छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भूपेन्द्र बडुवाललाई करिब दुई किलोमिटरसम्म नवीन समूहका युवाले लखेटेका थिए । गुन्डाबाट लखेटिएका भूपेन्द्र टिकापुरस्थित सिद्धार्थ होटेल नजिकै रहेको आफ्नी फुपूको घर जान चाहन्थे । तर, फुपूको घर पुग्न नपाउँदै उनलाई नवीन समूहका युवाले समाते र खुकुरी प्रहार गरी हत्या गरे । उनको पेटमा १ पटक, छातीमा दुई पटक, पिठ्युँमा ३ पटक र टाउकोको पछाडि खुकुरी प्रहार गरिएको प्रहरीको भनाई छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खुकुरी प्रहारबाट मारिएका भूपेन्द्र बडुवाल कुनै आपराधिक क्रियाकलापमा संलग्न भएको रेकर्ड छैन । उनी टिकापुरमा अलपत्र परेका साथीलाई लम्कीमा ल्याउनका लागि मात्रै सोतर्फ गएका थिए ।

    घटना स्थलबाट एक बोरा हतियार भेटिएको प्रहरी प्रमुख अधिकारीले बताए । उनका अनुसार चक्कु, खुकुरी, खडालगायत धारिला हतियार टिकापुर क्षेत्रबाट प्रहरीले बरामद गरेको छ । बडुवाल हत्या भएको स्थानमा पनि खुकुरी भेटिएको प्रहरी प्रमुख अधिकारीले बताए ।

    प्रहरीले सार्वजनिक गरेको घटना विवरणमा बडुवाल हत्या प्रकरणमा २१ जना अभियुक्त बनाइएको उल्लेख छ । हत्यामा संलग्न १२ जना पक्राउ परेका छन् भने ९ जना अझै फरार रहेको विवरणमा उल्लेख छ । लम्कीचुहा नगरपालिका–३ चिसापानीका २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, वडा नम्बर १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय गोलु भन्ने निशान्त मल्ल पक्राउ परेका छन् ।

    यस्तै वडा नम्बर ५ बस्ने २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीण रिमाल, बर्दिया राजापुर बस्ने २१ वर्षीय रोहित आले, टीकापुर ब्लक नम्बर १४ बस्ने २५ वर्षीय सोहन शाह, बर्दगोरिया–२ झगढपुर बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा ३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही पक्राउ परेका छन् ।

    यस्तै लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, चिरञ्जीवी जंग शाही, हिमाल शाही, जानकी– ६ जगतपुरका जयन्द्र शाह, टीकापुर–१ बस्ने बिकास शेरचन, लम्कीचुहा–४ बस्ने रोशनबहादुर शाही, टीकापुर–६ बस्ने अशोक रावल, लम्कीचुहा–३ बस्ने लोकजंग शाही र बर्दिया गरुवा– ५ बस्ने हेमन्त शाही भने फरार छन् ।

    उनीहरूको मोवाइल ट्याक अनुसार हत्या गरेको एक दुई दिनपछि टिकापुरबाट बर्दगोरिया, घोडाघोडी, हुँदै धनगढी उपमहानगरपालिकाको जुगेडा पुगेर भारत लागेको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार हाल फरार नवीन रावल र जयन्द्र शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलाली, मातहत इकाई र काठमाडौंमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएका थिए । ‘ती मुद्दामा कोही धरौटीमा छुटेका थिए भने कोही अहिलेसम्म पनि फरार छन्,’ प्रहरी प्रमुख अधिकारीले भने, ‘२०७८ भदौमा काठमाडौँको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहका हिमाल शाहीलाई खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको थियो, ‘त्यो घटनापछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नवीन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाएको रहेछ ।’

    नवीन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रवीण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम हुने सजाय (जन्मकैद) र सोही संहिताको दफा ४१ (जीवित रहेसम्म) बमोजिम कैदसजाय मागदाबी गरिएको छ ।लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम (जन्मकैद) सजाय माग गरिएको छ भने लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३००) (क) बमोजिम कसुर गरे सरह जन्मकैदको सजाय माग गरिएको छ । यस्तै दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालालाई मनासिब क्षतिपूर्तिको पनि माग गरिएको छ । मोहन जोशी/न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.