• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अछामका न्यायिक समितिमा उजुरीको संख्या बढ्दै, सबै मिलापत्रमा टुंग्याइँदै

  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अछाम । अछामका स्थानीय तहका न्यायिक समितिमा उजुरीको संख्या बढ्न थालेका छन् । धेरैजसो मुद्दा तथा उजुरी मेलमिलापको माध्यमबाट फर्स्याेट हुने भएकाले आमनागरिकको विश्वास र भरोसा बढेकाे साँफेबगर नगरपालिकाका न्यायिक समिति संयोजक विमलादेवी बुड्थापा बताउँछिन् ।

    चार वर्षमा साँफे नगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म ३३ वटा उजुरी परेको छ । न्यायिक समितिमा आएका उजुरीमध्ये अधिकांश घरेलु हिंसा सम्बन्धित छन् । आर्थिक वर्ष ०७४/०७५ मा ७ वटा, ०७५/०७६ मा ६ वटा उजुरी आएका थिए ।

    अघिल्लो आर्थिक वर्षमा ६ वटा उजुरी आएकोमा गतआर्थिक वर्षमा १३ वटा उजुरी न्यायिक समितिमा उजुरी आएको थिए । ३३ वटा उजुरीमध्ये २७ वटा उजुरी फर्स्याेट भएका छन् । बाँकी ६ वटा उजुरी फर्स्याेट गर्ने बाँकी रहेका उनकाे भनाइ छ ।

    विशेष गरी घरझगडा तथा साँधसिमाना, जग्गा विवादका गुनासा न्यायिक समितिमा आउने गरेको उनले बताए । हालसम्म नगरको न्यायिक समितिमा आलिधुरका १० वटा, घरेलु हिंसाका नाै, सम्बन्ध विच्छेदका एक, गालीबेइज्जतीका दुई, ज्याला मजदुरी नदिएका दुई, कुटपिटका दुई, श्रीमानले खान नदिएकोे दुई, आर्थिक लेनदेनका चारवटा मुद्दा आएको नगर उपप्रमुख बुड्थापाको भनाइ छ । सम्बन्ध विच्छेदको मुद्दालाई अदालत पठाएको उनले जानकारी दिइन् । कानुनी सहजकर्ताको स्थायी दरबन्दी नभएका कारण काम गर्न असहज भएको उनको गुनासो छ ।

    मंगलसैन नगरपालिकाको न्यायिक समितिमा ३९ वटा उजुरी आएको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख सरिता उपाध्यायले जानकारी दिइन्। ३९ मध्ये २७ वटा उजुरी फर्स्याेट भएकाे छ भने १३ उजुरी बाँकी रहेको उनले बताइन् ।

    नगरपालिकामा अर्काको जग्गा भोगचलनसम्बन्धी सात, गाली बेइज्जतीका २१, बालीबिगोका दुई, लेनदेनका तीन, ध्वनि प्रदूषणसम्बन्धी एक, संरचना निर्माणसम्बन्धी पाँचवटा उजुरी परेको उनले जानकारी दिइन् । पालिकाका पाँच स्थानमा मेलमिलाप केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइएको छ भने पालिकामा ४२ जना मेलमिलापकर्तालाई तालिम दिइएको नगर उपप्रमुख उपाध्यायले जानकारी दिइन् ।

    पञ्चदेवल नगरपालिकामा १९ वटा उजुरी परेको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख अम्बिका चलाउनेले जानकारी दिइन् । उनका अनुसार आव २०७५-७६ मा १० वटा र २०७६-७७ मा पाँचवटा उजुरी आएकामा सबै मिलमिलापको माध्यमबाट फर्स्याेट भएका छन् । २०७७-७८ मा चारवटा उजुरी परेकोमा तीनवटा मिलमिलापको माध्यमबाट फर्स्याेट भएको छ । एउटा टुंग्याउन बाँकी छ ।

    चौरपाटी गाउँपालिकामा १२ वटा उजुरी परेको गाउँपालिकाकी उपाध्यक्ष माया कुँवरले जानकारी दिइन् । उनका अनुसार आव २०७५-७६ मा चारवटा, २०७६-७७ मा तीनवटा उजुरी आएकामा सबै मिलमिलापको माध्यमबाट फर्स्याेट भएका छन् । गत आव २०७७-७८ मा चारवटा उजुरी परेकोमा तीनवटा फर्स्याेट भएको छ । एउटा फर्स्याेट हुन बाँकी छ । यो आर्थिक वर्षमा एउटा उजुरी परेको र फर्स्याेट हुन बाँकी रहेको न्यायिक समिति संयोजक कुँवरले जानकारी दिइन्नु । न्यायिक समितिमा आएका सबै उजुरी मेलमिलापमार्फत निरुपण गरिएको उनको भनाइ छ । कल्पना बोहरा/न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.