• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सीमा अतिक्रमणको विरोध गर्दै जंगे पिल्लरमा एमालेको बैठक

  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम । भारतीय पक्षबाट पटक पटक भइरहेको सीमा अतिक्रमणको विरोध गर्दै एमाले सन्दकपुर गाउँ पार्टी कमिटीले जंगे पिल्लरमा बैठक गरेको छ । इलामको सन्दपुर गाउँपालिका(५ जौबारीमा रहेको ६३ ९१५० नम्बरको पिल्लरमा बैठक गरेको हो ।

    बैठकले भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणको भत्सर्ना गरेको छ । वार्ता टोली बनाएर यथाशीघ्र सीमा क्षेत्रमा देखिएको समस्या समाधानको लागि संघीय सरकारलाई आग्रह गरेको छ । ‘नेपालतिर दशगजाभन्दा धेरै यता संरचना बनाउँदा एसएसबीले रोक्छ, भारततिर भने दशजगाभित्रै संरचना बनाइएको छ’, एमाले सन्दकपुर गाउँपालिका कमिटीका अध्यक्ष गिरीराज खनालले भने, ‘भारतले पटक पटक नेपाली भूमिमा अतिक्रमण गरिरहेको छ, त्यसको विरोधस्वरूप जंगे पिल्लरमा बैठक बसेका हौ ।’

    भारतीय पक्षले वर्षेनी सीमा अतिक्रमण गर्ने गरेको छ । पाँच वर्षअघि इलामको पशुपतिनगर(२ मा दशजगाभित्रै गुम्बा बनाएको छ । नेपाली पक्षको विरोधको बाबजुद पक्की संरचनाको एकतले टाँसी छोइलिङ गुम्बा बनाएको हो । पुरानो गुम्बा मर्मत गर्ने नाममा भारतले दशगजाभित्रै गुम्बा बनाएको हो । भारतले दशगजामै संरचना बनाउने गरे पनि नेपालतर्फ भने दशगजाभन्दा बाहिर संरचना बनाउँदासमेत अवरोध गर्ने गरेको छ ।

    इलामको सन्दकपुरमा पर्यटन प्रवर्द्धनका लागि प्रदेश १ सरकारले भ्युटावर निर्माण थालेको थियो । भ्युटावर बनाउन थालिएको ठाउँ दशगजाभित्र पर्ने भन्दै भारतीय सीमा सुरक्षा बलले अवरोध गर्‍यो । भारतीय सीमा सुरक्षा बलले निर्माण कार्यमा अवरोध गरेपछि टावर बन्न सकेको छैन ।

    भारतीय टोलीले सरकारी योजना मात्रै होइन । निजी क्षेत्रले घर, शौचालय बनाउनसमेत अवरोध गर्ने गरेको छ । सन्दकपुर गाउँपालिका(५ कैयाकट्टामा दशगजाभन्दा ४५ मिटरभित्र स्थानीय यादिकी शेर्पालाई घर बनाउन भारतीय सीमा सुरक्षा बल एसएसबीले त्यही आएर रोकेको थियो । घर बनाउन रोक लगाएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि एसएसबी पछि हट्यो । त्यसपछि शेर्पाले घर बनाएकी छन् ।

    यस्तै कालपोखरी बजारमा शौचालय निर्माण पनि रोकेको थियो । स्थानीयले आफ्नै जमिनमा शौचालय बनाउँदा एसएसबीले अवरोध गर्ने गरेको छ । एसएसबीले सीमा क्षेत्रमा गाडीएका पिल्लरहरूसमेत सार्ने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन् । एसएसबीले तरकारीजन्य वस्तुको बेच्न लैजाँदासमेत अवरोध गर्ने गरेका छ । एसएसबीले खाद्य सामग्री, निर्माण सामाग्रीमा समेत अवरोध गर्ने गरेको सन्दकपुर गाउँपालिकाको प्रवत्ता समेत रहेका गिरीराज खनाल बताउँछन् ।

    एमालेको बैठकमा केन्द्रीय सदस्य राम राना र एमाले इलामका अध्यक्ष महेश बस्नेत पनि सहभागी थिए । केन्द्रीय सदस्य रानाले राष्ट्रियता र मुलुकको अखण्डता बचाइराख्ने एमालेको अभियानअन्तर्गत सीमा क्षेत्रमा बैठक राखिएको बताए । उनले एमाले राष्ट्रियता र मुलुकको अखण्डताको पक्षमा दह्रो गरी उभिएकाले देशी विदेशी शक्तिले एमालेमाथि आक्रमण गरिरहेको दाबी गरे ।

    एमाले इलामका अध्यक्ष महेश बस्नेतले पार्टीको सरकारकै बेला लिम्पियाधुरा लिपुलेकसहितको नक्सा जारी भएकाले अतिक्रमित भूमि फर्ता गर्न लाग्नुपर्नेमा जोड दिए । उनले सीमा क्षेत्रमा हुने अतिक्रमण रोक्नको लागि कार्यकर्ता चनाखो हुनुपर्नेमा जोड दिए । न्युज कारखाना

    रौतहटमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सर्वपक्षीय बैठकको अपिल
    कोशीको मन्त्रिपरिषद पुनर्गठन, को को बने मन्त्री ?
    विद्युत लाइन काटिदा कोशीका उद्योग बन्द भएको भन्दै मुख्यमन्त्री कार्कीले गराए ध्यानाकर्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.