चितवन । चितवनमा आज २३ जना कोरोनामुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ४९० पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । त्यस्तै चितवनमा आज १४ जनामा जनामा कोरोना पुष्टि भएको छ ।
यस सँगै जिल्लाभर संक्रमितको संख्या २७ हजार ७४ पुगेको छ। यता, आज जिल्लाभर सक्रिय संक्रमित १५२ जना रहेका छन् । उनीहरुमध्ये १४५ जना होम आइसोलेसनमा छन् भने ७ जना अस्पतालमा रहेका छन् ।
आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । हालसम्म कोरोनाबाट चितवनमा ४३२ जनाको मृत्यु भएको छ ।








