• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लागूऔषध ओसारपसारमा नयाँ शैली : किताबमा खोपा बनाएर ल्याइयो

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । २३ साउनमा लागूऔषध ओसारपसारको एउटा घटनाले प्रहरीलाई अचम्मित बनायो । साधरणतया लागूऔषध ओसारपसार गर्नेले जीउ वा अन्य कुनै ठाउँमा लुकाएर ल्याउँछ । तर, २३ साउनमा झापामा दुई महिलाले योनीभित्र लागूऔषध ल्याएका थिए । नेपाल-भारत सीमास्थित गौरीगञ्जबाट ४४ ग्राम ब्राउनसुगरसहित दमक-१ की २४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाललाई प्रहरीले पक्राउ गरेको थियो । ९ बजे रातको समयमा प्रहरीले उनीहरूलाई नाकामा फेला पारेको थियो ।

    उनीहरूले लागूऔषध ल्याएको सूचना पाएपछि प्रहरीले शरीरका सम्पूर्ण भागमा खोज्दा पनि लागूऔषध भेटिएन । तर,  मञ्जुले आफ्नो यौनीभित्र प्लास्टिकमा ब्राउनसुगर राखेर नेपाल भित्र्याउने प्रयासले प्रहरीलाई अचम्मित बनायो । लागूऔषध ओसारपसारमा यो प्रहरीका लागि नयाँ शैली थियो ।

    मंगलबार राति लागूऔषध ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गर्दा प्रहरी फेरि अचम्मित भएको छ । सीमामा प्रहरीले कडाइ गरेपछि कारोबारीमा संलग्नले अर्को नयाँ शैली अपनाएका छन् । पुस्तकको भित्री भागमा खोपेर एक जनाले लागूऔषध ल्याउँदै गर्दा पूर्वीनाकाबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो ।

    २३ ग्राम ब्राउन सुगरसहित सल्यान बनगाउँ-१ का ३० वर्षीय रमेश डिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । ‘हेर्दा किताब छ । किताबमा ल्याएपछि पढ्ने मान्छे रहेछ भन्ने हुन्छ । खासै जाँच हुँदैन भनेर ल्याएको रहेछ,’ उनले भने, ‘तर, हामीलाई शंका लागेर हेर्दा लागूऔषध रहेछ । लागूऔषध ओसारपसारमा यस्तो शैली पहिलो हो । विगतमा मलद्वार र शरीरका विभिन्न भागमा राखेर त ल्याएको पाएका थियौं ।’

    डिसीले कक्षा-११ को अर्थशास्त्रको किताबमा हालेर लागूऔषध ल्याएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसारमा संलग्नले नयाँ-नयाँ शैली अपनाउँदा प्रहरीलाई नियन्त्रणमा कठिनाइ भएको छ

    भारतसँग १४४ किलोमिटर खुला सीमा भएको झापा प्रहरीका लागि मुख्य चुनौती लागूऔषधको ओसारपसार नियन्त्रण बन्ने गरेको छ। भारतीय बजारमा सहजै लागूऔषध पाइँदा ओसारपसारमा संलग्नले प्रहरीको आँखा छलेर ल्याउने गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तमा मात्र लागूऔषध कारोबार र ओसारपसारमा संलग्न ९९ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाइएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा लागूऔषध प्रयोग, ओसारपसार र कारोबारमा संलग्न ३११ जनालाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.