• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘जबज: फरक बहस’ र ‘असमान पहाडहरू’माथि अन्तर्क्रिया

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । लेखक, साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित ‘जनताको बहुदलीय जनवाद: फरक बहस’ र ‘असमान पहाडहरू’ कवितासङ्ग्रहमाथि अन्तर्क्रिया सम्पन्न भएको छ ।

    आज काठमाडौंमा आयोजित कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दुवै पुस्तक सार्वजनिक पनि गरिन् ।

    ‘जनताको बहुदलीय जनवाद: फरक बहस’माथि टिप्पणी गर्दै लेखक निलमकुमार ओझाले यस पुस्तकमा घनेन्द्रले नेपाली राजनीतिमा ७ दशकदेखि टुट-फुटको शृंखलाले थिलथिलो भएको कम्युनिस्ट आन्दोलनको चिरफार गरेको बताए । साथै, यस पुस्तकमा नेपाली राजनीतिको केन्द्रमा ३ दशकदेखि निरन्तर रहेको नेकपा एमालेको मार्गदर्शन भनिएको जबजको कार्यान्वयनमा देखिएका कमजोरीबारे पनि मिहीन ढंगले केलाएको उनको भनाइ थियो ।

    नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य अमृत तिमल्सिनाले जबजभित्रका कम्युनिस्टविरोधी पक्षबारे उल्लेख गर्दै नेकपा एमाले र नेपाली कम्युनिस्ट आन्दोलनलाई परिमार्जन गर्न लेखक ओझाले पुस्तकमार्फत सुझाव दिएको बताए । उनले यस पुस्तकलाई ‘गाली महात्म्य’का रूपमा मात्र नहेरेर आलोचनात्मक सुझावका रूपमा पनि लिन सकिने उल्लेख गरे ।

    नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कम्युनिस्ट आदर्श र जबजबीच मेल नखाने भन्दै लेखक ओझाले पुस्तकमा त्यही तथ्यलाई केलाएको बताए

    ‘असमान पहाडहरू’ कवितासङ्ग्रहबारे टिप्पणी गर्दै डा. बालाकृष्ण अधिकारीले घनेन्द्रको बहुआयामिक व्यक्तित्व भएको र उनको काव्यकारिता पनि सशक्त रहेको बताए । डा. अधिकारीले सरल र बोधगम्य भाषा, शैलीमा समसामयिक र मनवीय जीवनका यावत् पक्षलाई कविले आफ्ना कवितामा सशक्त ढंगले प्रस्तुत गरेका उल्लेख गरे ।

    समालोचक डा. ज्ञानु पाण्डेले कविताप्रतिको प्रस्ट दृष्टिकोण भएका घनेन्द्रको कविता रचना पनि प्रस्ट भएको बताइन् । उनले कवितासङ्ग्रहका कविताहरूमा दार्शनिक अभिव्यक्ति सरल तरिकाले गरिएको भन्दै यो कवितासङ्ग्रह नेपाली काव्य फाँटको सुन्दर उपलब्धि भएको धारणा राखिन् ।

    नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले घनेन्द्र वामइतर विचारधारामा विश्वास गर्ने भए पनि उनका कवितामा प्रशस्त प्रगतिशीलता पाइने उल्लेख गरे । जीवनका निराश पक्षसँगै आशावादिता र समुन्नत समाजको परिकल्पना घनेन्द्रका कवितामा पाइने पौडेलको भनाइ थियो ।

    लेखक ओझाले आफू साहित्यमा र राजनीतिमा पनि रुचि राख्ने भएकाले साहित्य सिर्जनासँगै राजनीतिक विश्लेषणमा सक्रिय रहेको बताए । २०४९ सालयता नेपाली राजनीतिमा साह्रै धेरै चर्चामा रहेको जबजबारे अध्ययन गर्दा जबज नेपाली कम्युनिस्ट आन्दोलनको सहायक नभएर बाधक भएको देखिएपछि यो पुस्तक लेख्नुपरेको ओझाको भनाइ थियो ।

    प्रमुख अतिथि शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जबजबारे विभिन्न कोणबाट एमालेभित्रै बहस भइरहेका र अहिले नेकपा (एस)मा पनि यसबारे बहस चलिरहेको बताइन् । उनले जबजको सान्दर्भिकतामाथि प्रश्न उठिरहेका बेला ओझाको जबजबारे आलोचनात्मक पुस्तक आएको उल्लेख गरिन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.