• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जोखिमपूर्ण स्थानका सडकको मर्मत सुरू

  •   बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रसुवा । सडक डिभिजन कार्यालय नुवाकोटले रसुवाको जोखिमपूर्ण स्थानका सडकको मर्मत सुरू गरेको छ । कार्यालयले जिल्लाको स्याउबारीदेखि धुन्चेसम्मको जोखिमपूर्ण स्थानका सडकको मर्मतको काम सुरु गरेको हो ।

    सडक साँघुरो र अप्ठ्यारो हुँदा सवारी आवतजावतमा समस्या भएकाले जोखिमपूर्ण स्थानका सडक मर्मतको काम सुरू गरिएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमालले बताए । मुलखर्कमा सडक साघुँरो र असहज भएसँगै तत्काल मर्मत कार्यअघि बढाइएको उनले बताए । ‘राम्चेदेखि मुलखर्कसम्मको बाटो अलि बढी जोखिम छ, सवारी आवतजावतमा समस्या भएकोले हाम्रो कार्यालयले तत्काल इमरजेन्सिको रुपमा काम गरेको हो,’ उनले भने, ‘मुलखर्कमा उकालो सडक, सवारी आवतजावतमा समस्या भएकाले तत्काल मर्मतको काम गरेको हो, अब ठेक्कामार्फत् सडक मर्मतको काम सुरू हुन्छ ।’

    सडक डिभिजन कार्यालय नुवाकोटका अनुसार मुलखर्क-राम्चे खण्डको सडकमा जोखिम छ । हरेक वर्ष वर्षायाममा बाटो भत्किने र धसिने हुने गरेको छ । ‘पानी परेपछि यो सडकमा बाटो बिग्रने गरेको छ, जति मर्मतको कार्य गरे पनि हरेक वर्ष समस्या दोहोरिरहेको छ। त्यस्लाई अस्थायी रूपमा काम गर्ने हो, तत्काल इमरजेन्सीमा हामीले अहिले मुलखर्कमा ग्राभेल गरी सवारी आवतजावतमा सहज बनाएका हौँ,’  रिमालले भने, ।

    स्याउबारीदेखि धुन्चेसम्मको सडक साँघुरो तथा अप्ठ्यारो हुँदा केही दिनअघि मात्र चीनबाट आयात भएको स्याउ बोकेर आएको मालबाहक कन्टेनर र टाटासुमो दुर्घटनामा परेको छ । सवारी दुर्घटना, र सवारी संचालनमा समस्या भएसँगै सडक डिभिजन कार्यालय नुवाकोटले जोखिमपूर्ण स्थानको सडक मर्मतको कार्यलाई अघि बढाएको हो ।

    बेत्रावतीदेखि स्याफ्रुबेशीसम्मको सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय नुवाकोटमार्फत चालु आर्थिक वर्ष २०७८/०७९ मा करिब १० करोड बजेट विनियोजन भएको जनाइएको छ । जसमध्ये ८ करोड सडक मर्मतका लागि बजेट बिनियोजन भएको बताइएको छ । डिभिजन प्रमुख रिमालका अनुसार सडक मर्मतका लागि दुईवटा ठेक्का लागिसकेको र बाँकी पनि ठेक्का प्रक्रियामा छ ।

    यो वर्ष बेत्रावतीदेखि धुन्चेसम्मको चार किलोमिटर अप्ठ्यारो सडक ढलान गरिने जनाइएको छ । त्यसैगरि सडक ढलान गर्ने, कालोपत्रे सडक मर्मत गर्ने, सडक ग्राभेल गर्ने, साइड ड्रेन मर्मत, टेवा पर्खाल लगाउने, खाल्डाखुल्टी पुर्ने लगायतका कार्य गरिने रिमालले बताए ।

    बेत्रावती‍-कालिकास्थान-धुन्चे-स्याफ्रुबेशी सडक चिनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सडक पनि हो । नाका जोड्ने छोटो दूरीको मैलुङ-स्याफ्रुबेशी सडक पनि छ । वर्षायाममा मैलुङ-स्याफ्रुबेशी सडक अवरुद्ध भई बन्द हुने हुँदा बेत्रावती–कालिकास्थान-धुन्चे-स्याफ्रुबेशी सडकबाटै आवतजावत बढ्ने गरेको छ । बेत्रावती-कालिकास्थान-धुन्चे-स्याफ्रुबेशी सडक भने बाह्रै महिना सञ्चालन हुन्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.