• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सम्झौताको आठ महिनापछि ट्रमा सेन्टर निर्माण सुरू, २९ करोड लागतमा साढे दुई वर्षमा सक्ने लक्ष्य

  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । सम्झौता भएको आठ महिनापछि बल्ल दाङमा ट्रमा सेन्टरको निर्माण सुरू भएको छ । दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारले आफ्नै नीति कार्यक्रम र बजेटमा समेत समावेश गर्दै आएको ट्रमा सेन्टर निर्माणले अब भने साकार रूप लिने देखिएको हो । लमही-४ स्थित लमही अस्पतालसँगै सटेको कृषि उपज संकलन तथा बिक्री केन्द्रले प्रयोग गर्दै आएको जग्गामा ट्रमा सेन्टरको निर्माण सुरू भएको हो ।

    ट्रमा सेन्टर निर्माणका लागि लामा एण्डे गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्रालि कपनसँग २४ चैत २०७७ मा सम्झौता भएको थियो । सम्झौताअनुसार ट्रमा सेन्टर निर्माणका लागि १९ करोड ४१ लाख ४१४ रुपैयाँमा ट्रमा सेन्टर निर्माण हुनेछ । तर, यसको लागत इस्टिमेट भने २९ करोड २३ लाख ७६ हजार ३७ रुपैयाँ छ ।

    ट्रमा सेन्टर निर्माण सुरू भएसँगै लुम्बिनी प्रदेशसभाका सांसदहरूको टोलीले दाङ पुगेर स्थलगत अनुगमनसमेत गरेको छ । प्रदेश सांसद रेवतीरमण शर्माको नेतृत्वमा स्थलगत अनुगमनका लागि टोली शुक्रबार लमही पुगेको थियो । टोलीमा नेताहरू रतनकुमार केसी, ध्रुवनारायण चौधरी, पवन शर्मा रिजाल, जगनारायण चौधरी, निरज थापा लगायत सहभागी थिए ।

    स्थलगत अनुगमनपछि सांसद शर्माले समयमै निर्माण सम्पन्न हुनेमा आफूहरू आशावादी रहेको बताए । ‘जग्गाको टुंगो लाग्नासाथ काम सुरू गर्नुपर्थ्याे, तर बिलम्व हुन गयो, यद्यपि काम समयमै सम्पन्न हुनेमा हामी आशावादी छौं,’ उनले भने । ट्रमा सेन्टर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धी भएकाले निर्माण छिटो सकेर उपचार सेवा सुरू गर्नुपर्ने सांसद शर्माको भनाइ छ ।

    यो ट्रमा सेन्टर लुम्बिनी प्रदेशको गौरवको आयोजना हो । यहाँ चारतलाको मुख्य भवन बन्ने छ भने चिकित्सकलाई बस्नको लागि आवास, चमेनागृहसहित शौचालय निर्माण हुने छ । जसमा आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, बिरामी भर्ना कक्ष रहने छन् । साढे दुई वर्षमा निर्माण सक्ने गरी सम्झौता गरिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.