• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

अर्थोपेडिक क्षेत्रमा नेपाली चिकित्सकलेनै लेखेको पहिलो पुस्तक सार्वजनिक

  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली चिकित्सा क्षेत्रको अर्थोपेडिकमा अध्ययन अध्यापन गर्न मिल्ने पुस्तक सोमवार सार्वजनिक गरिएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन एवम नेपाल अर्थोपेडिक एसोसिएसन चितवनका अध्यक्ष सुरेश पाण्डेले लेखेको पुस्तक टेक्स्ट बुक अफ अर्थोपेडीक्स सोमवार बिमोचन गरिएको हो। पुस्तकको बरिस्ठ अर्थोपेडिक डा.आनन्दप्साद रेग्मी, बरिस्ठ क्यान्सर सर्जन डा. भक्तमान श्रेष्ठ, डा. अर्जुन श्रेष्ठ र लेखका बुबा पुष्पराज पाण्डे,लेखकका श्रीमती रोश्ना बरालले संयुक्त रुपमा सार्वजनिक गरेका हु्न् ।

    नेपाली चिकित्सक क्षेत्रमा नेपाली चिकित्सक ले लेखेको यो नै पहिलो किताब भएको लेखक पाण्डेले दावी गरे । विदेशीले लेखेका पुस्तकहरु पर्याप्त छन्,उनले भने ६ वर्षको मेहनतपछि पुस्तर तयार भएको छ । मेरो बुझाइमा अर्थोपेडिक क्षेत्रमा यो नै पहिलो पुस्तक हो जो नेपाली चिकित्सकद्धारा लेखियो ।” देशभरका मेडिकल कलेजमा नेपाली चिकित्सक ले लेखेको पुस्तक प्रयोगमा ल्याउन उनको आग्रह छ। कितावको बुकिङ तीव्र भएको र धेरैले रुचाईदिएको भन्दै पाण्डेले कितावमा अर्थोपेडिक सम्वन्धी खोज अनुसन्धान बाट आएका नतिजा समावेश गरिएको र तस्बिर सहित समावेश हुँदा पुस्तक सरल बनेको जानकारी दिए ।

    नेपाली मेडिकल कलेजका विद्यार्थीलाई मात्रै नभई विदेशका मेडिकल कलेजमा समेत पुस्तक प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । पुस्तक बिमोचन गर्न पाउँदा अत्यन्त हर्षविभोर भएको डा। पाण्डेको भनाई थियो । “चिकित्सा क्षेत्र र विषेश गरि अर्थोपेडिक विधामा दुरगामी र भावी पुस्तालाई समेत हुनेगरी केहि योगदान गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर पुस्तक लेखेको हु” उनले भने। कार्यक्रमका प्रमुख अतिथि डा। आनन्द प्रसाद रेग्मीले नेपाल र नेपाल बाहिरका विद्यार्थीहरुलाई पुस्तक उपयोगी हुने बताए ।

    यसले मेहनती अन्य चिकित्सकहरुलाई समेत आफ्नो क्षेत्रको विषयमा कलम चलाउन मद्दत मिल्ने र धेरै पुस्तकहरु प्रकाशित हुँदै जानेमा विश्वस्त रहेको बताउंदै शुभकामना दिए । विरामीलाई सेवा दिएर पनि समय बचाएर किताब तयार हुनु गोरवको कुरा भएको डा। अर्जुन श्रेष्ठले बताए । नेपालभर करिव ५ सय अर्थोपेडिक डाक्टरहरु रहेकोमा चितवनमा मात्रै ४० जना अर्थोपेडिक चिकित्सक रहेका छन् । एकेडेमी र रिसर्चको क्षेत्रमा समेत अघि बढ्न प्रेरणा मिलेको उनको भनाई छ ।

    डा. भक्तमान श्रेष्ठले चितवन चिकित्सकको क्षेत्रमा समेत अव्वल रहेको भन्दै आएकोमा पुस्तक प्रकाशनले त्यसलाई प्रमाणीत गरेको बताए । आफूले व्यवहारमा थाहा पाएको नतिजालाई कितावमा उतारेर तयार पारेको यो पुस्तक विद्यार्थी,प्राध्यापकलाई धेरै उपयोगी हुने बताए । लेखकलाई वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालले समेत केही सहयोग गरेको उनको भनाई थियो । १५ वर्ष भन्दा वढी अनवरत सेवामा रहेका डा।पाण्डेले एमवीवीएस र एमएस अर्थोपेडीक्सको पढाईलाई केन्द्रित गरी नेपालका सबै स्वास्थ्य क्षेत्रका विश्वविद्यालयहरुको पाठ्यक्रमलाई आधार मानी तयार गरिएको जानकारी दिए ।

    साथसाथै यो पुस्तक नवप्रवेसी अर्थपेडिक सर्जनहरु माझ पनि उपयोगी हुने उनको भनाई छ । ३१८ पेजको पुस्तक समिक्षा पब्लीकेशनले प्रकाशनमा ल्याएको हो । लेखक डा। पाण्डको अनुसार अहिले तत्काल नेपाल र सार्क देशहरुका मेडिकल कलेजहरुमा पुस्तक पुर्याउने योजना छ । अहिले १ हजार प्रति पुस्तक प्रकाशीत छ । मूल्य रु। १४ सय रुपैयाँ भएपनि छुट सहित रु। ११ सय मा विक्रि भइरहेको जानकारी दिए । हालसम्म सवैले अत्यन्त राम्रो भएको प्रतिक्रिया दिएको र माग समेत बढेकाले चाँडै नै थप परिमाणमा पुस्तक प्रकाशीत गर्ने बताए ।

    केही ल्याटीन अमेरिकाका विद्यार्थी जो नेपालमा पढु्दै आएका छन्, उनीहरुले समेत पुस्कत मन पराएको पाण्डेले बताए । सुनसरिमा जन्मिएका पाण्डेले विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानबाट आफ्नो अध्ययन सकाएका थिए । आफू अध्ययन गर्दा देखि अहिलेसम्म पनि नेपाली चिकित्सकद्वारा लेखिएको पुस्तक नभेटाएकाले पनि यस विषयमा आफूले विशेष चासो र समय दिएर किताव ल्याएको जानकारी दिए ।

    नेपालभर रहेका १९ वटा मेडिकल कलेजमा यो पुस्तक पढाइ हुनेमा आफू आशावादी रहेको उनको भनाई छ । पुस्तकमा अर्थोपेडिक अर्थात हाड जोर्नी तथा नशा रोगसँग सम्वन्धीत तस्विरहरु समेत राखिएको, महत्वपूर्ण कुराहरुलाई वक्स बनाई हाइलाइट गरेको, खोज अनुसन्धानका लागि सहज हुने गरी तथ्याङ्कहरु समावेश गरेर टेवलहरुमा प्रस्तुत गरेको उनको भनाई छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.