• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जन्मदिन पारेर चितवनको गाजीपुरमा मदन भण्डारीको शालिक अनावरण

  •   आइतबार, असार १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  जननेता मदनकुमार भण्डारीको ६९ औं जन्मजन्तीको अवसरमा भण्डारीको शालिक अनावरण गरिएको छ । बागमती प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले आईतबार शालिक अनावरण गर्नुभएको हो ।

    मदन भण्डारी फाउण्डेशन चितवनको आयोजना र मदन स्मृति पार्क गाजीपुरको सहआयोजनामा भरतपुर महानगरपालिका वडा नं. १७ गाजीपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले मदन भण्डारीको विचारलाई लिएर अगाडि बढेकै कारण आज देशका तीनै तहमा कम्युनिष्टको सरकार रहेको बताउनुभयो । मदन भण्डारीको शव प्राप्त भएको स्थान गाजीपुरको विकासका लागि बजेटको अभाव नहुने बताउँदै उहाँले स्थानीयहरु दृढतापूर्वक मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो “यहाँको विकास गर्नका लागि बजेटको अभाव हुन दिंदैनौं, तपाईहरु सबै मिलेर दृढतापूर्वक काम गर्नुहोस् ।”कार्यक्रममा विशिष्ट अतिथि भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले मदन भण्डारीको विचारलाई शब्दमा नभएर व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । देशका १३ लाख परिवारको भूमि सम्बन्धी समस्या रहेको बताउँदै उहाँले आयोगले तोकिएको समयभित्र काम पूरा गर्ने बताउनुभयो । भूमिहिन, अव्यवस्थित बसोबासी, दलितहरुका लागि भूमिको व्यवस्थापन गरिने बताउँदै उहाँले स्थानीयस्तबाटै हुने सिफारिसलाई आधार मानेर भूमि वितरण गरिने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “स्थानीय जनप्रतिनिधिको सिफारिसको आधारमा भूमि व्यवस्थापन गर्ने हो । कसैले गलत सिफारिस गर्दैन, सही व्यक्ति कोही छुट्दैन ।” उहाँले गलत सिफारिस गर्ने जनप्रतिनिधि जेल जानुपर्ने स्पष्ट पार्नुभयो ।कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाले गाजीपुर क्षेत्रको विकासका लागि प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले विगतमा के भयो भन्ने कुरा बिर्सेर विकास निर्माणमा सबै हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नेकपा नेता हरि सापकोटा, प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल, भरतपुर १७ का वडा अध्यक्ष ललितमान तामाङ, मदन स्मृति पार्कका अध्यक्ष गौरस तामाङ, टोकमान गुरुङ लगायतले बोल्नु भएको थियो ।सो अवसरमा मदन भण्डारीको शव प्राप्त गर्ने, शव नदीबाट बाहिर ल्याउन सहयोग गर्ने, पार्क निर्माणमा सहयोग गर्ने, शालिक सौन्जन्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।शालिक सौजन्य गर्नुहुने स्व. तुलसीप्रसाद श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो । यसैगरी हेमबहादुर थापा, कृष्णराज ठकुरी, टेकबहादुर आले, श्यामबहादुर थापामगर, टोकमान गुरुङ, धावा तामाङलाई सम्मान गरिएको थियो । पार्क निर्माणमा सहयोग गरे वापत सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरलाई पनि सम्मान गरिएको थियो ।गाँजीपुरमा रु.७५ लाख रुपैयाँको लागतमा भ्यू टावर निर्माण गरिएको छ भने नेपाल सरकारको ५० लाख रुपैयाँ र १० लाख रुपैयाँ बराबरको जनश्रमदान गरी २८० मिटर फुटपाथमा मोज्याक टाईल लगाउने, चौतारी व्यवस्थापन, कार्य भईरहेको छ । सोही ठाउँमा मदन भण्डारीको अर्धकदको शालिक निर्माण गरिएको छ ।बि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय सवारी दुर्घटनामा परी तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । आश्रितको शव दासढुंगा स्थित नारायणी नदीमा नै भेटिएको थियो भने भण्डारीको शव गाजीपुरमा भेटिएको थियो । भण्डारीको शव प्राप्त भएको स्थान गाजीपुरलाई राजनीतिक तीर्थस्थलको रुपमा विकास गर्ने कार्य हुँदै आएको छ ।भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको हो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.