• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सडक निर्माण सक्नु पर्ने बेला बल्ल सुरू

  •   बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी ।  कैलालीको गोदावरी नगरपालिका अन्तर्गतकाे ओलानी-चौकीडाँडा सम्मको ‘बान्द्रखोला’ सडक निर्माण यतिबेला सम्पन्न हुने बेला भइसक्नु पर्ने हाे । सम्झौताअनुसार १७ माघ ०७८ भित्र ठेकेदारले सडक निर्माण गरिसक्नु पर्ने थियाे । तर, ठेकदार भने सम्झाैताविपरित यही मंसिर अन्तिम साताबाट बल्ल सडक निर्माण सुरू गरेको छ ।

    सम्झौताकाे १४ महिनापछि सडक निर्माण सुरू भएकाे गोदावरी नगरपालिका-११ का वडा अध्यक्ष शिव विकले बताए । ‘सरकारी निकायलाई पटक पटक जानकारी गराउँदा पनि ठेकेदार कम्पनीलाई समयमै काममा लगाएनन्,’ वडा अध्यक्ष विकले भने, यही माघमा सक्नुपर्ने काम मंसिरबाट मात्रै सुरु भएको छ ।’

    ढिलो गरी सुरु भएका कारण निर्धारित समयमा काम सम्पन्न नहुने उनले बताए । प्रदेश सरकार भौतिक मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय र एड्भेन्चर, गेगिङ, सन्लाइट जेभीबीच सडक निर्माणका लागि १८ भदाै ०७७ मा भएको सम्झौता अनुसार १७ मा३ ०७८ भित्र सडक निर्माण गरिसक्नु पर्नेछ । तर, मंसिरमा मात्रै ठेकेदार कम्पनीले काम सुरु गरेको वडा अध्यक्ष विकले बताए ।

    समयमै काम सुरु नहुनुमा ठेकदारसँगै प्रदेश सरकार पनि दोषी भएकाे विकले बताए । ‘सडकको ठेक्का सम्झौता भएर काम सुरू नभएपछि ठेकेदारलाई ताकेता गर्न भन्दै मैले दुई पटक पूर्वाधार विकास कार्यालयलाई पत्र पठाएको थिए,’ उनले भने, ‘तर सरकारी कार्यालयले बेवास्ता गरे, ठेकदार कम्पनी सम्पर्क मै आएनन् ।’

    पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख जगतप्रसाद जोशीले अब सडक निर्माण सुरु भएको बताए । ‘ठेकदार कम्पनीले काममा तदारुकता नदेखाएपछि कारवाही गर्ने चेतावनी दिइएका थियौं,’ जोशीले भने, ‘अहिले बल्ल कामअघि बढाएको छ, कहिले काम सकिन्छ थाहा छैन ।’

    उनका अनुसार १७ महिनामा काम सम्पन्न गर्नुपर्ने गरी पाँच करोड ८४ लाख बजेटमा बान्द्रेखोला सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । ‘सम्झौताअनुसार अहिले सडक निर्माण अन्तिम चरणमा हुनुपर्ने हो,’ उनले भने, ‘तर त्यो हुन सकेन, अब जतिसक्दो छिटो काम सक्ने गरी निर्माण कम्पनीलाई दबाब दिने छौं ।’ याे सडक २३ सय मिटरकाे  छ । आफू भर्खरै आएको बताउँदै जोशीले कार्यालय आउनासाथ ‘बान्द्रखोला’ सडक निर्माणलाई प्राथमिकता दिएको प्रष्टाए । ‘म कार्यालयमा आउनासाथ रोकिएका काम सुचारु गराउन पहल गरिरहेकाे छु,’ उनले भने, ‘धेरै काम सुचारु भएका छन्, केही काम सुरु हुँदैछन् ।’

    उनले कैलालीको चौमालास्थित चौमाला खोलामा पुल निर्माणका लागि ठेक्का भएको एक बर्षसम्म काम सुरू हुन नसकेकाे र अब त्याे काम पनि सुरू गर्न पहल भइरहेकाे बताए । ‘असार ०७७ मा ठेक्का भएको पुल निर्माण अझै सुरू भएको रहेन छ,’ कार्यालय प्रमुख जोशीले भने, ‘अहिले ठेकेदारलाई सम्पर्क गरेर तत्काल काम अघि बढाउन भनेको छु, काम नगरे  कारवाही गरिनेछ ।’ ६० मिटर लामो सो पुल निर्माणको ठेक्का यूपी कन्ट्रक्सनले पाएको थियो । २०८० सालसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने पुल निर्माणका लागि सात करोड २४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.