• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सूर्यवंशी सुपरहिट, तर त्यसपछिका बलिउड फिल्मकाे व्यापार किन ओरालाे ?

  •   शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं । कोरोना संक्रमण कम भएपछि रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ सुपरहिट भयो । फिल्मले विश्वव्यापी रुपमा २ सय ५० करोड बढी व्यापार गर्‍याे तर यसपछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले ५० करोडसम्मको आँकडालाई छुन पाएनन् । एकपछि अर्को गर्दै लगातार ५ फिल्म फ्लप भए । जसमा अभिनेता सलमान खानको फिल्म ‘अन्तिम’ पनि परेको छ ।

    फिल्म फ्लप हुनुको प्रमुख कारण थिएटरमा कम दर्शक आउनु र ओमिक्रोन भाइरसको डर पनि हो । बलिउडमा अहिले ओटीटी, हलिउड र दक्षिण भारतीय फिल्म प्रदर्शनको चाप बढ्दो छ । यस्तो अवस्थामा निर्माताले साना फिल्मको विषयगत रणनीति बद्ल्न सकेनन् । थिएटरले पनि सबै फिल्मको टिकटको मूल्य कम गरेनन् । यही अवस्था रहने हो भने बलिउडमा अझैं संकटको बादल छाइरहने व्यापार विश्लेषकको बुझाई छ । फिल्म ‘सूर्यवंशी’को आक्रामक व्यापारले बलिउडको बक्सअफिसलाई पुनः जीवित बनायो । तर त्यसपछि आएका सलमान खान, सैफ अली खान र जोन अब्राहमजस्ता स्टारको फिल्मले अक्षय कुमारको ‘सूर्यवंशी’ जस्तो आक्रामक व्यापार गर्न सकेन ।

    अर्थात् ‘सूर्यवंशी’बाहेकका फिल्मले केवल औषत व्यापार मात्र गरे । बलिउडमा ‘क्लासको होइन, मासको फिल्म चल्छ’ भन्ने भनाई छ । तर यसपटक ‘मास’लाई अपिल गरेर रिलिज गरिएको फिल्महरु नराम्रो पछारिएका छन् । फिल्म निर्माता तथा व्यापार विश्लेषक गिरीश जौहर आम दर्शक स्मार्ट बनेको स्वीकार्छन् । ‘सूर्यवंशी’पछि रिलिज भएका फिल्महरु पहिलो दुई, तीन दिनसम्म राम्रो चले पनि त्यसपछिको व्यापार खस्किएको छ । अहिलेका दर्शकहरु स्मार्ट प्रविधिमा फिल्म हेर्न चाहेकाले पनि रिलिज फिल्मले आफूलाई त्यस अनुकुल ढाल्न नसेको जौहरको बुझाई छ । जौहरले मध्यम बजेटको फिल्म असफल हुनु उद्योगका लागि ठूलो खतरा साबित भएको बताए ।

    उनका अनुसार यही फिल्मले उद्योगको पाङ्ग्रा घुमाउछन् । एक वर्षमा ठूला बजेटका फिल्म बढीभन्दा बढी १० या १२ को संख्यामा आउन सक्छन् । तर मध्यम बजेटको फिल्मको संख्या वार्षिक रुपमा ३० देखि ३५ को हाराहारीमा रहन्छ । अधिकांश थिएटरको आर्थिक पूर्ती गर्ने काम यिनै कम बजेटका फिल्मले गरेका हुन्छन् । ठूला फिल्म तीनदेखि चार हजार स्क्रिनमा रिलिज हुन्छन् र बढीमा दुई सातासम्म थिएटर कब्जा गर्न सक्लान् । साना फिल्म कम संख्यामा स्क्रिनमा आउछन् र कैयौं सातासम्म थिएटरको व्यापारलाई जीवित राख्छन् । व्यापार विश्लेषकहरु विषयबस्तु र वितरण रणनीति, यी दुवै हिसाबले यी फिल्मलाई वेवास्ता गर्नु गलत रहेको बताउँछन् ।

    गिरिशका अनुसार मध्यम बजेटको फिल्मको संकटलाई कम गर्ने एकमात्र उपाय भनेको टिकट दरमा कटौती नै हो । टिकट दर कटौतीमा मल्टीप्लेक्स चेन लचक हुनुपर्ने उनको भनाई छ । किनकी यिनीहरु फिल्म थिएटर बिजनेसको मेरुदण्ड हुन् । गिरिश अहिलेको तुलनामा टिकटको मूल्य अझ बढ्यो भने मानिसहरु थिएटर आउनुको साटो ओटीटी प्लेटफर्ममा फिल्म रिलिज पर्खिने दाबी गर्छन् । ‘मानिसहरुको मनोरञ्जनको शैली फेरिएको छ, यो कुरालाई उद्योगले भुल्नु हुँदैन’, गिरीश भन्छन् ।

    फिल्म फाइनेन्स कन्सल्टेण्ट सञ्जय भण्डारी ओटीटीले विषयबस्तु र कलाकारको दुई मोर्चा खोलेको बताउछन् । उनका अनुसार आम दर्शकले डबिङ या सब टाइटलका माध्यमबाट तमिल र तेलुगु मात्र नभई दक्षिण कोरियाको राम्रा कथाबस्तु हेरिसकेका छन् । उद्योगले सानो सहर या बी र सी ग्रेड लक्षित दर्शकको बद्लिएको फिल्मी स्वादलाई नजर अन्दाज गर्न नसकेको सञ्जयको दाबी छ । सञ्जयका अनुसार अहिलेका दर्शक कास्ट सेन्सिटिभ छन् । एक फिल्म हेर्ने खर्चलाई उनीहरुले ओटीटीको एक वर्षको ग्राहक बन्न खर्च गर्छन् । परिवार र साथीभाईमाझ अलग–अलग ओटीटीको पासवर्ड दिन सकिन्छ ।

    किनकी उनीहरुलाई थिएटरमा रिलिज भएको फिल्म पाँच सातामा ओटीटीमा आउछ भन्ने थाहा हुन्छ । बलिउडमा स्पोर्ट्स ड्रामा ‘८३’, दक्षिण भारतीय फिल्म ‘आरआरआर’ र ‘पृथ्वीराज’ जस्ता फिल्म रिलिजको पाइपलाइनमा छन् । यी फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने बुझाई छ । बलिउडको बक्सअफिसको सही मूल्यांकन यसै महिना ‘जर्सी’ र आगामी महिना ‘शाबास मीठु’, ‘बधाई दो’ र ‘अट्याक’ जस्ता मध्यम बजेटको फिल्मले गर्ने दाबी गरिएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.