• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

फोहोरबाटै मासिक ५० हजार कमाउँछन् रामनरेश, भन्छन्– विदेश जानु पर्दैन

  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । ‘साँघुुरो गल्लीमा मेरो चोक छ
    यहाँ के छैन ? सबथोक छ
    असंख्य रोग छ
    केवल हर्ष छैन
    यहाँ त्यसमाथि रोक छ’

    सबथोक हुँदाहुँदै दुःखैदुःख झेलिरहेका मानव जातिको प्रवृत्ति देखेर नै भूपि शेरचनले यो कविता रचना गरेका हुन सक्छन् । कामलाई श्रेणी दिने र हेय दृष्टिले हेर्ने प्रवृत्ति सामाजिक रूपमा मौलाउँदै गएको विकराल समस्याले युवाहरूलाई बेरोजगार मात्र बनाएको छैन्,  वैदेशिक रोजगार र अपराध कर्ममा समेत  प्रेरित गरिरहेको छ । तर, कतिपय यही समाजमा यस्ता व्यक्तिहरू पनि छन्, जसले कामलाई श्रेणीमा विभाजन गर्ने समाजलाई चुनौती दिँदै उदाहरणीय बनेका छन् ।

    यस्तै उदाहरणीय पात्र हुन्, महोत्तरी जलेश्वर–३ भिट्ठामोडका रामनरेश यादव ।  चोक–चोकमा फ्याँकिएका फलामका टुक्रा, सिसा तथा कवाडी सामानहरू बटुल्नु यादवको दैनिक दिनचर्या हो ।

    सौखिनहरूले पिएर फ्याकेका बियरका बोतल तथा सिसाहरू टिप्दा मान्छेले मान्छे गन्दैनन्, फलामका टुक्राहरू सहरका गल्लीगल्ली र गाउँका कुनाकुनामा खोज्दा कतिले मानसिक रोगी भन्छन् उनलाई । तर, कामको मुल्यांकन गर्ने समाजको हैसियतलाई  गहन मुल्यांकन गरेर नै  आफूलाई बेमतलवी ढंगबाट व्यतित् गरिरहेको उनी बताउँछन् ।

    धोक्राभरी पानीका बोतल तथा खिया लागेका फलामका टुक्रा बोकेर हिँड्दा कतिपय मानिसले यादवलाई कठै भनेर दया देखाउँछन् भने कतिपयले नेपालको गरिबी र नेताहरूको वैचारिक नियतिलाई धारे हात लगाउँछन् । तर, नरेशराय यादवलाई सहानुभूति देखाउने यी दुवैथरी संस्कार सकिएका दरिद्र जस्तो लाग्छ ।

    नेपालका कथित दरिद्रहरूको भिडले नै धेरै परिश्रमीहरूले कर्मलाई पहलायन बनाएका छन् । कुच्चो लगाउने, सरसफाइ गर्ने, कवाडी सामानहरू संकलन गर्ने, उर्बर बाँझो खेत खन्ने, खेत जोत्ने, जुत्ता पालिस गर्ने  जस्ता कर्महरू पेसा नै होइन भन्ने खालको संस्कारलाई मलजल गर्दा समाजले नै  बेरोजगार बनाएका युवाहरूलाई आफ्नै वरपर भएका कामले गिज्याइरहेको यादवको बुझाइ छ ।

    रामनरेश यादवले ६ वर्षअगाडि  कवाडी संकलन केन्द्र महोत्तरीको रामगोपालपुरमा खोल्दा पनि समाजको उहीँ सहानुभूति थियो । अहिले धनुषाको ढल्केमा हुँदा पनी उही सहानुभूति छ । आफ्नो आर्थिक समस्यालाई यादवले बोक्ने कवाडीको धोक्रासँग सुकिलामुकिलाहरूले सन्तुष्टि लिँदै आएका छन ।

    यादवको भाषामा कमजोर दृष्टिकोण भएका कथित दरिद्रहरूको छोरीको विवाह गर्दाको  ऋण  छ । छोराछोरी पढाउन हम्मेहम्मे छ । दिनहुँ साहुले ब्याज नदिएको भन्दै पीडा दिरहेको छ । पढेलेखेका  बेरोजगार भएर भाँैतारिरहेका छन्,  र पनि उनीहरूको कामप्रतिको दृष्टिकोण बदलिएको छैन ।

    आर्थिक हैसियतको कुरा गर्ने हो भने यादवले बोक्ने कवाडीको धोक्राले पारिवारिक खुसी दिएको छ । छोराछोरी राम्रै विद्यालयमा अध्ययनरत छन्, आर्थिक अभाव छैन ।

    तै पनि अभावमा बाँचिरहेकाहरूको दृष्टिकोण नरेश यादवहरूको पेसाको दया, सहानुभूति र तिरस्कार कै  वरिपरि घुमिरहेको छ ।

    त्यसो भए के रामनरेश यादवको जस्तो कवाडी पेसा गरे कोही पनि बेरोजगार बन्नु पर्दैन त ? भन्ने प्रश्न पनि उठन सक्छ । तर, हरेक कामलाई सम्मान ढंगले हेर्ने संस्कारको विकास गर्ने हो भने काम आफ्नै वरिपरि छन् भन्ने प्रमाणित हुन्छ राम नरेशको पेसाबाट ।

    औसत युवा जस्तै रामनरेशले पनि १४ वर्ष कतारको मरूभूमिमा गुजारेका छन् । परिवार, समाजबाट टाढा भएर काम गर्नुको पीडा उनलाई मात्र हैन रोजगारका लागि परदेश पहलायन भएका हरेकलाई उस्तै छ । त्यहाँ जस्तोसुकै काम गर्न पनि पछि नपर्ने, तर स्वदेशमा त्यही काम गर्न लाज लाग्ने मनस्थितिको विकासले सामाजिक विकृतिका श्रृंखलाहरू स्वदेशमा छताछुल्ल बन्दै गएको यादवको अनुभव छ ।

    रामनरेशले दिनभरी कवाडी संकलन गरेर मासिक ५० हजार रुपैयाँसम्म कमाउछन् । तर, त्यही ५० हजार कमाउन दैनिक १५ सय युवाहरूको विमानस्थलमा लर्को छ । यो लर्कोलाई पनि समाजले हुर्काउँदै आएको गलत संस्कारले मलजल गरिरहेको छ ।

    यादव भन्छन्, ‘पेसालाई दया, सहानुभूति र तिरस्कारले हेर्ने सोचलाई परिवर्तन गरी सम्मानित पेसाको रुपमा स्थापित गराउने हो भने वैदेशिक रोजगारको नाममा मरूभूमिको तातो घाममा पिल्सनु पर्ने बाध्यतावाट धेरै युवाले मुक्ति पाउने थिए ।’

    सामाजिकरुपमा मौलाउँदै गएको गलत सोचको विकासले पारिवारिक भरणपोषण र सुख प्राप्तिका लागी परदेश पहलायन भएका कयौँको पार्थीव शरीर बाकसमा प्याक भएर आइरहेको छ । उनीहरूको मृत्युमा सबैभन्दा पहिला समाजको नै हात छ । आफ्ना पुस्ताहरूलाई कामको श्रेणीकरण गरेर कर्मबाट नै  पहलायन बनाउने कथित समाजको हर्कतलाई  नया पुस्ताहरूले समीक्षा गर्ने समय आएको छ ।

    पढेलेखेका युवाहरूले समेत हलो जोत्नु, सरसफाइ गर्नु अर्थात रामनरेशहरूको जस्तो पेसालाई पचाउन नसक्नुले दिनदिनै डरलाग्दो बेरोजगारको संख्या बढदै गएको छ ।
    अझ दुःखलाग्दो के छ भने स्थानीय सरकारले समेत रामनरेशहरूको पेसालाई बेवास्ता गरिरहेको छ । स्थानीय सरकारले रामनरेशहरूको पेसालाई सम्मानित पेसाको रूपमा स्थापित गराउन धेरै अभ्यासहरू गर्न सक्छन ।  तर, उही परम्परागत समाजको मलजलले हुर्किएको जनप्रतिनिधिहरूले समेत परिवर्तनको लागी साहस गर्न नसक्दा मासिक ५० हजार रुपैयाँ कमाउने रामनरेशहरू संकुचित बनिरहेका छन् परिणामस्वरूप  युवाहरूको पहलायनमा वृद्धि भइरहेको छ, परदेशबाट बाकसमा प्याक भएर आएका मृत शरीरहरूको संख्यामा कम भएको छैन्, बेरोजगारले अपराधका घटनाहरू बढिरहेका छन ।

    आफ्नै पाखापखेरामा श्रम गर्ने पौरखी युवाहरूलाई स्थानिय सरकार र समाजले प्रोत्साहन गर्न नसक्दा युवाहरूको रोजाई परदेश बनेको छ ।  कृषि कर्म, सिकर्मी, डकर्मी बन्न हुदैनजस्ता गलत सामाजिक सोचलाई जबसम्म विस्थापन गर्न सकिँदैन, तबसम्म युवाहरूको दैनिक १५ सयको लर्कोमा न कमी हुन्छ नत बाकसमा प्याक बनेर आउने शवको संख्यामा नै  कमी  हुन सक्छ ।

    त्यसैले यो समाजले रामनरेश जस्ताका पेसालाई दया, सहानुभूतिले हेर्ने हैन बरु हरेक पेसालाई सम्मान गर्न आवश्यक छ अनि मात्र युवाहरू स्वरोजगार बनी आत्मनिर्भर बन्ने प्रशस्त ढोकाहरूको सुभारम्भ हुनेछन् । विशाल बस्नेत/न्युज कारखाना

     

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.