• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बालविवाह रोक्न जुम्लाका स्थानीयतहले अभियान चलाउने

  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जुम्ला । जुम्लाका सबै स्थानीयतहले बालविवाह रोक्न अभियान चलाउने भएका छन् । समाजमा व्याप्त बालविवाह रोक्न जुम्लाका स्थानीयतहले अभियान चलाउने भएका हुन् । यसअघि  बालविवाह न्यूनीकरण गर्न जुम्लामा दर्जनौं संघसंस्थाले सचेतना कार्यक्रम गर्दै आएका छन् । केही गाउँपालिकाले पनि यो अभियान चलाउँदा ठूलो रकम खर्चेको पाइन्छ । सडक नाटकदेखि घरदैलोजस्ता कार्यक्रमहरू पनि बारम्बार भइरहेका छन् ।

    तर, बालविवाह न्यूनीकरण हुन सकेको छैन । औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्र प्रभाव पार्न नसकेको कारण बालविवाह न्यूनीकरण हुन नसकेको हो । जिल्ला प्रहरी कार्यालयका जुम्लाका प्रहरी निरीक्षक युवन चौधरीले बालविवाह गरेको उजुरी अहिले सम्म नपरेको बताए। उनले भने आर्थिक वर्ष २०७५/७६ मा दुई वटा बालविवाहका उजुरी परेका थिए। त्यो भन्दा पछिल्लो समयमा उजुरी परेका छैनन् ।

    २०६८ को जनगणनाअनुसार जुम्लाको कूल जनसंख्या एक लाख ८ हजार छ । जसमध्ये ५५ हजार ४ सय ४२ जना बालबालिका छन् । ७० प्रतिशत बालबालिकाको बालविवाह हुने गरेको एक तथ्यांकले देखाएको छ ।

    पछिल्लो समयमा जुम्लाका कुनै पनि निकायसँग बालविवाहको यकिन तथ्यांक छैन । तर, स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउने  २० वर्ष मुनीका  किशोरीको  संख्या नै बालविवाह विकराल बन्दै छ भन्ने  संकेत हो ।

    जुम्लामा दिनप्रतिदिन बालविवाह बढ्दै गएपछि  यहाँका सरोकारवाला निकायले  कार्ययोजनासहित अगाडी बढ्ने प्रतिबद्धता गरेका हुन् । उनीहरूले तत्काल बालविवाहको तथ्यांक संकलन गर्ने,बालविवाहको कारण पत्ता लगाउने र बालविवाह रोक्नको लागि कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

    बालविवाह सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले बालविवाह न्युनीकरण अभियानमा तदारुकताका साथ लाग्ने बताएकाछन् । त्यस्तै जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बालविवाह गाउँमा व्यापक रूपमा भइरहेकोले न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहेको बताइन्। उनले हिमाका सबै वडामा वडाध्यक्षको रोवरमा बालविवाह रोक्नका लागि १४ वटा सूचकमा टेकेर विभिन्न कार्यक्रम भइरहेका छन् । उनका अनुसार गाउँमा बालविवाह लुकिछिपी भइरहेको छ । हाम्रो गाउँपालिकाले त्यो तथ्यांक संकलन गर्न थालेको छ ।

    स्थानीयतहले  बालविवाह बारे तथ्यांक संकलन गर्ने 

    जुम्लाका सबै स्थानीयतहले तथ्यांक संकलन गरेर बालविवाह हुनुको कारण बारेमा पहिचान गर्नेछ । तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बालविवाह बारेमा पालिकास्तरमा घनिभूत रूपमा छलफल चलाउने बताइन् । उनले बालविवाह रोक्न हरेक संयन्त्रको प्रयोग गर्दै जनचेतनामूलक क्रियाकलापलाई बढवा दिने बताइन् ।

    उनले भनिन्,‘बालविवाह सामाजिक कुरीति हो। कुरीतिको रूपमा रहेको बालविवाह अन्त्य अभियानमा सबै एकजुट भएर लाग्नु पर्ने देखिएको छ ।’ उपाध्यक्ष बुढाले नीति तथा कार्यक्रममै बिहेवारि २० वर्षपारी भन्ने कार्यक्रमअघि बढाइसकेको जानकारी दिइन् । उनले चालु आर्थिक वर्षभित्रमा एउटा गाउँलाई मात्र बालविवाह मुक्त गाउँका रूपमा घोषणा गर्ने बताइन् ।

    त्यस्तै दलित बस्तीमा बालविवाह बढेको, स्थानीयतहले सडक खन्नुलाई मात्र विकासका रूपमा लिएको र बालविवाह मुक्त समाज निर्माण गर्न अग्रसर नभएको गुनासो सहभागीले गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका  मानवअधिकार अधिकृत धनराज शाहीले समाजले बालविवाहलाई सहज रूपमा स्वीकार गरेकोले नै बालविवाह बढेको बताए । उनले भने,‘गरिबी, अशिक्षा र कानुनी ज्ञानको अभावले बालविवाह बढेको देखिन्छ।अब स्थानीयतह र सबै सरोकारवाला मिलेर सचेतनाका कार्यक्रम ल्याउँदा उपयुक्त हुने देखिएको छ ।’

    बालविवाह रोक्न बाल संरक्षण संयन्त्रको विकास गर्नुपर्ने, अन्तर संवाद चलाउनु पर्ने, धार्मिक गुरु अभिमुखीकरण गर्नुपर्ने सहभागीले जोड दिएका थिए ।
    त्यस्तै सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईंले बालविवाहविरुद्ध जिल्लाभर अभियान चलाउनु पर्ने बताए । उनले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीयतह, बालक्लव, किशोर/किशोरी समूह सबैको प्रतिनिधित्व हुने गरी लुज फोरम बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।

    त्यस्तै जुम्लाका  निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बालविवाहलाई सरकारले कुरीतिका रूपमा घोषणा गरिसकेको अवस्थामा कानुनी ज्ञान फैलाउनुको विकल्प नभएको बताए । उनले भने, ‘बालविवाह भएको खण्डमा सम्बन्धित निकायमा उजुरी दिनु पर्‍यो ।’

    प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र क्याड नेपालको आयोजनामा बालविवाह सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । अभियान सञ्चालन गर्न जिल्ला स्तरीय सञ्जाल गठन गर्ने निष्कर्षमा पुगिएको नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।

    उनले बालविवाह सम्बन्धी ऐतिहासिक पृष्ठभूमिको अध्ययन अनुसन्धान गर्ने कार्यलाई प्रोत्साहित गर्ने, बालविवाह सम्बन्धी स्टोरी लेखन तथा पुस्तक प्रकाशन गर्ने,हरेक तीन-तीन महिनामा जिल्लास्तरीय समीक्षा गर्ने र बैठकमा पेस गर्ने विषयमा समेत घनिभूत छलफल भएको बताए ।

    सबै मिलेर बालविवाह नियन्त्रण गर्ने अभियान चलाउने विषयमा छलफल केन्द्रित भएको क्याड नेपालकी परियोजना अधिकृत जयालक्ष्मी चौलागाईंले जानकारी दिइन् । चन्दननाथ नमुना माद्यामिक विद्यालय जुम्लाका प्रधानाध्यापक टंकबहादुर महतले बालविवाहको विगत, वर्तमान अवस्थाका बारेमा सहजीकरण गर्दै भविष्यमा गर्नुपर्ने कामका विषयमा आफ्नो प्रस्तुति राखेका थिए ।

    कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, स्थानीयतहका महिला तथा बालबालिका शाखा प्रमुख, स्थानीयतहका उपाध्यक्ष, वडाध्यक्ष, न्यायिक समितिका सदस्यहरू, बालक्लव, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरूको सहभागिता थियो ।

    अन्तरक्रिया कार्यक्रमका सहभागी सबैले ६ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै आगामी दिनमा कुरीतिका रूपमा रहेको बालविवाह मुक्त जिल्ला बनाउने अभियानमा हरप्रकारले अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.