• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जलकुम्भीले ढाकेपछि कुरूप बन्दै पर्यटकीय क्षेत्र जाखोर ताल, पर्यटक निरास

  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी ।  कैलालीको धनगढीमा पर्ने पर्यटकीय क्षेत्र जाखोर ताल जलकुम्भीले ढाकिएपछि कुरूप देखिन थालेको छ । जलकुम्भीले ढाकेपछि ताल हेर्ने जाने पर्यटक निराश बन्न थालेका छन् ।

    ‘ताल हेर्न आएका पर्यटक तालभरी जलकुम्भी देखेपछि छिट्टै फर्किने गरेका छन्,’ जाखोर तालको पिकनिक क्षेत्रमा चटपटे बेच्दै आएकी स्थानीय गीता चौधरीले भनिन्, ‘धेरैले ताल सफा गरे राम्रो हुन्छ भन्ने गुनासो गर्छन् ।’ वर्षायाममा समेत तालमा जलकुम्भी मात्रै देखिनेगरेको उनले बताइन् । ‘हिउँदमा तालमा पानी नै देखिँदैन,’ उनले भनिन्, ‘ताल हेर्न आएका आन्तरिक तथा बाह्य पर्यटक ताल क्षेत्रमा पुगेपछि नरमाइलो मान्दै फकैने गरेका छन् ।’

    जलकुम्भीका कारण ताल कुरूप बनेको उनी बताउँछिन् । ‘धनगढी उपमहानगरपालिकाले एकपटक तालमा भएको जलकुम्भी हटाएको थियो,’ उनले भनिन्, ‘त्यतिवेला ताल सुन्दर देखिएको थियो, अहिले जलकुम्भीले ताललाई कुरूप बनाएको छ, यसको संरक्षणमा कुनै निकायको ध्यान जान सकेको छैन ।’

    ताल हेर्ने जाखोर ताल पुगेकी धनगढी-२ की दुर्गा चौधरीले ताल सफाइ नहुँदा नराम्रो लागेको बताइन् । ‘तालमा गएर रमाइलो गर्ने सोचका साथ टोलका गृहिणी महिला जाखोरताल पुगेका थियौं,’ उनले भनिन्, ‘त्यहाँ पुग्दा ताल नै देखिएन, जलकुम्भी हेरर फर्किनु पर्दा खासै रमाइलो भएन ।’

    तालमा धेरै युवायुवती टिकटक बनाउन पुग्ने गरे पनि जलकुम्भीका कारण उनीहरू पनि टिकटक नबनाएर फर्केको उनले बताइन् । ‘तालमा धेरै युवा तथा युवती टिकटक बनाउने भन्दै हामीसँगै सो क्षेत्रमा पुगेका थिए,’ उनले भनिन्, ‘तालमा पानीनै नदेखेपछि उनीहरू एक छिनमै फर्किहाले, यसले जाखोर तालको नराम्रो प्रचार भइरहेको छ ।’

    ताल हेर्न भन्दै कञ्चनपुको पुनर्वासबाट आएका नन्दलाल चौधरी जलकुम्भीले ताललाई कुरूप बनाएको बताए । जाखोर ताल हेर्न भन्दै आफूहरू धनगढीसम्म पुगेको भन्दै उनले तालमा पुगेपछि भने नराम्रो लागेको बताए । ‘जाखोर ताल राम्रो छ भन्ने सुनेर कञ्चनपुरबाट धनगढी पुगेका थियौं,’ उनले भने, ‘तर जलकुम्भीले ताललाई ढाकेको देख्दा नराम्रो लाग्यो ।’

    उनले तालको संरक्षण तथा सफा गर्नुपर्नेमा जोड दिए । जाखोर तालको बारेमा सुनेको भन्दा प्रत्यक्ष देख्दा कुनै आनन्द नआएको उनी बताउँछन् । उनले ताल देखाउनका लागि चर्च परिवार नै जाखोरताल पुगेको उनले बताए । ‘बालबालिकालाई तालको बारेमा हामीले धेरै राम्रा कुरा भनेका थियौं,’ उनले भने, ‘यहाँ पुग्दा बालबालिकालाई ठगेजस्तो भइरहेको छ ।’

    भारतको पलियाबाट ताल हेर्न आएका अंकित मिश्राले ताल कुरूप र हेर्न लायक नभएको बताए । ताल वरपरको वातावरण निकै रमणीय रहेको तर ताल भने हुर्ने लायक नरहेको उनले बताए । उनले भारतको पलियाबाट नेपाल घुम्न आएको बताए । नेपाल आउँदा सवैले जाखोरताल घुम्न लायक ठाउँ छ भनेपछि परिवारसहित ताल हेर्न पुगेको उनले बताए ।

    ‘तालमा पुग्दा हामीलाई कुनै आनन्द महसुस भएन,’ उनले भने, ‘तार वरिपरिको प्राकृतिक सुन्दरता देखेर फर्केका छौं ।’ तालको सफाइ गरे धेरै पर्यटक आउन सक्ने उनले बताए । ‘तालको क्षेत्रफल धेरै ठूलो छ,’ उनले भने, ‘त्यसमा पानी देखिएको भए धेरै राम्रो हुन्थ्यो, जलकुम्भीले पानी देखिँदैन, यसलाई सफा गरे यहाँ आउने पर्यटकलाई रमाइलो हुने छ ।’

    धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले तार संरक्षणका लागि काम भइरहेको बताए । अहिले तालको वरपर ट्रयाक निर्माण गर्ने काम भइरहेको बताउँदै इन्जिनियर भट्टले चैत वैशाखसम्म जलकुम्भी सफा गरिने बताए । तालको जलकुम्भी मानिसले हटाउन समस्या हुनसक्ने भन्दै उनले जलकुम्भी नष्ट गर्ने वैकल्पिक विधिको खोजी भइरहेको बताए ।

    वनस्पति उद्यान केन्द्र धनगढी कैलालीका प्रमुख गंगादत्त भट्टले जलकुम्भी हटाउन योजना बनाइरहेको बताए । आफू कार्यालयमा आएपछि वनस्पति उद्यान परिसरमा रहेको बगैंचाको घाँस सफा गर्ने, बिरुवामा मल हाल्ने काम अघि बढाएको बताउँदै कार्यालय प्रमुख भट्टले तालमा रहेको जलकुम्भी हटाउन योजना तयार भइरहेको बताए ।

    ‘जलकुम्भीले ताल क्षेत्रको सुन्दरता घटाएको छ,’ कार्यालय प्रमुख भट्टले भने, ‘त्यसलाई हटाउनु आवश्यक छ, तर कसरी हटाउने भन्ने विषयमा योजना बनाइरहेका छौं, सवैको सहयोग पाएमा ताललाई जलकुम्भीरहित बनाउन सकिन्छ ।’

    जलकुम्भीलाई हटाएर जाखोर तालमा कमलको फूल रोप्ने बारेमा पनि छलफल भइरहेको उनले बताए । जाखोर ताल एक सय ५० हेक्टर क्षेत्रफल जमिनमा फैलिएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.