• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मध्यपहाडी लोकमार्गको बेहाल

  •   बुधबार, असार १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गलकोट ।  कालोपत्र हुन नसकेको मध्यपहाडी लोमार्गको बागलुङ सदरमुकाम खण्ड बर्सातका कारण बेहाल भएको छ ।  बर्सातले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् ।
    राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी लोकमार्ग आयोजना समयमा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुक्खा मौसममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको अधिकांश भाग कालोपत्र भइसक्दासमेत सुगम मानिने जिल्ला सदरमुकाम नजिकै लोकमार्ग अलपत्र अवस्थामा छ । वर्षाभर हिलाम्मे भएर सडक अवरुद्ध हुने समस्या भोगेका यात्रुहरुले हिउँदको समयमा सडक छेउमा थुपारिएका माटोसहितको ग्राभेलका कारण धुलाम्मे भएर सास्ती खेप्नुपरेको यात्रु कुविरबहादुर क्षेत्रीले बताउनुभयो ।
    जिल्ला सदरमुकामसँग जोडिएको घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्र नहुँदा बर्खाको समयमा सास्ती खेप्नुपरेको हो  । निर्माण शुरु भएको दुई दशक बितिसक्दासमेत ग्राभेलको काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने यात्रु तथा सवारी चालक बताउँछन् । पछिल्लो समय अक्षेते–घोडाबाँधे खण्डमा कालोपत्र गर्नका लागि ग्राभेलको तयारी भए पनि सदरमुकामसम्म जोडिएको उपल्लाचौर–अक्षेते खण्डमा निर्माण कम्पनी सम्र्पकमा छैन ।
    नेपालको पूर्वपश्चिम जोड्ने पहाडी मार्गका रूपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको विसं २०७६ कात्तिक मसान्तसम्म काम सम्पन्न गर्ने गरी विसं २०७३ मा सम्झौता भएको थियो तर समयमा सम्पन्न नभएपछि पुनः म्याद थप गरिएको छ । ठेकेदारको लापरवाही र सरोकारवाला निकायको उदासीनताका कारण पनि समयमा काम नभएको स्थानीयवासी बताउँछन् ।
    बुर्तिबाङबाट ६७ किलोमिटर सडक दुई घण्टामा पार गरेर घोडाबाँधे आएका सवारीलाई त्यहाँबाट २५ किलोमिटरको दूरीमा रहेको सदरमुकाम आउन अहिले दुई घण्टाभनन्दा बढी लाग्ने गरेको सवारी चालक सनबहादुर रोकाले बताउनुभयो । “सडक जीर्ण र हिलाम्मे भएका कारण सवारी चलाउनै मुस्किल छ”, रोकाले भन्नुभयो, “बाटो राम्रो नभएपछि दैनिक गाडी बिग्रने गर्छ,  आम्दानीभन्दा खर्च धेरै हुन्छ, न समयमै पुग्न सकिन्छ ।” बर्खायाममा सडक तल र माथिबाट पहिरो जाने, सडकमा ठूला–ठूला खाल्डा पर्ने कारण सास्ती भएको हो । निर्माण कम्पनीले बन्दाबन्दीको बहानामा सडक निर्माणमा नलाग्दा सडकबाटै बग्ने भेलले सडक क्षतविक्षत बनेको छ ।
    पटक–पटक संसद्देखि विभिन्न स्थानमा लोकमार्गको ढिलाइका विषयमा ध्यानार्कषण गर्दासमेत सुनुवाइ नभएको बागलुङका सङ्घीय सांसद डा सूर्य पाठकले बताउनुभयो । अलपत्र बनेको सदरमुकाम बागलुङ बजारबाट बिहुँसम्मको १३ किलोमिटर सडकको जिम्मा सिद्धिसाई कन्स्ट्रक्शन र बिहुँदेखि घोडाबाँधेसम्मको सडकको जिम्मा सूर्य कन्स्ट्रक्शनले लिएको छ ।
    कूल एक हजार ७७६ किलोमिटरको यस लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । सोमध्ये जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ ।  बिहुँ खण्डमा सन्तोषजनक काम भए पनि तल्लो खण्डमा ठेकेदार कम्पनीले काम गर्न नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताउनुभयो

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.