• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

इलामकै पहिलो आँखा अस्पताल सञ्चालनमा

  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम ।  इलाम जिल्लामा पहिलो पटक आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । इलाम नगरपालिकाले स्थापना गरेको इलाम समुदायिक आँखा अस्पतालको बुधबार उद्घाटनसंगै सेवा सुरु भएको हो ।

    जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ । इलाममा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ ।

    अस्पताल निर्माण सुरु भएको आठ महिनाको अवधिमा सेवा सुरु भएको हो । अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर ५० लाख रुपैयाँ जुटाएको थियो । चालू आर्थिक वर्षमा भने एक करोड रुपैयाँ विनियोजन भएको छ । विनियोजित रकममध्ये ५७ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये ५३ लाख २४ हजार रुपैयाँ पुँजीगतमा र चार लाख ६५ हजार रुपैयाँ सञ्चालनमा खर्च भएको आँखा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष विद्या सापकोटाले जानकारी दिइन् ।

    नगरपालिकाले सिहबाहिनी खोल्सीलाई व्यवस्थित गरेर निस्किएको ठाउँमा आँखा अस्पतालका लागि भवन निर्माण गरेको छ । सामुदायिक आँखा अस्पतालका लागि हाल ६ कोठा भएको एकतले भवन निर्माण गरिएको छ । आँखा अस्पतालको लागि आवश्यक भवन बनाउनसमेत जग्गाको ब्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

    ‘रत्न वान्तवाको समाधिस्थलभन्दा माथि र निर्माणाधिन जनकदेव चोकभन्दा मुनिको जग्गा यो आँखा अस्पतालको लागि छुट्याएका छौ’, नगर प्रमुख बस्नेतले भने, ‘अस्पतालाई चाहिने भौतिक पूर्वाधार निर्माण गर्न यो जग्गा पर्याप्त नै हुन्छ ।’ प्रमुख बस्नेतले नगरपालिकाले छुट्याएकोमध्येबाट बचेको रकमसमेत आँखा अस्पतालको भौतिक र गुणस्तर वृद्धिका लागि खर्चिने जानकारी दिए ।

    नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र ब्यवस्थापनको लागि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरेको छ । कार्यविधिले नगरपालिकाकी उपप्रमुखको अध्यक्षतामा सञ्चालन समिति गठन हुने व्यवस्था गरेको छ । सोही कार्यविधिकै आधारमा अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गरिएको अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष सुशीला नेम्बाङले जानकारी दिइन् । ‘इलाममा आँखा अस्पताल टिकाउन निकै चुनौती छ’, उपप्रमुख नेम्वाङले भनिन्,‘हामी बढी कसरत गरेर भए पनि गुणस्तरीय सेवा दिने पक्षमा छौ ।’

    सामुदायिक आँखा अस्पतालमा अहिले शल्याक्रियाबाहेकको सेवा उपलब्ध छ । आखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य अप्रेसन, चस्मा बनाउने लगायतको सेवा दिइनेछ । सामुदायिक आँखा अस्पतालमा सातौ तहको एकजना नेत्र विषेशज्ञ, पाँचौ तहको एकजना नेत्र सहायक, एकजना फार्मेसिष्ट र एकजना चस्मा बनाउने प्राविधिक कार्यरत छन् ।

    सामुदायिक आँखा अस्पतालले अहिले विर्तामोड आँखा अस्पतालसंग सहकार्य गर्ने भएको छ । आखा अस्पतालको सहकार्यमा समय समयमा शल्यक्रियाको समेत सुविधा दिइने नगरपालिका प्रमुख महेश बस्नेतले बताए । ‘शल्याक्रिया गर्नुपर्ने बिरामीको स्क्रिनिङ गरेर निश्चित समयमा यही शल्यक्रिया पनि गराउनेगरी साझेदारी भएको छ’, प्रमुख बस्नेतले भने, ‘शल्यक्रियाका लागि चाहिने औजार उपकरण पनि हामीले खरिद नगरेसम्म उहाँहरूले नै व्यवस्था गर्नुहुन्छ ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.