इरानको राजधानी तेहरानस्थित एक क्लिनिकमा भएको विस्फोटमा परी कम्तीमा १३ जनाको ज्यान गएको छ। सीना अतहर क्लिनिकमा सो विस्फोट भएको र ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने इरानी अधिकारीहरुले बताएका छन्। दर्जनौं मानिसहरु घाइते भएका छन्। ज्यान गुमाउने अधिकांश महिला रहेको बताइएको छ। ग्यास लिक हुँदा सो विस्फोट भएको र विस्फोट भएको स्थानमाथिको आकाशसम्म धुवाँ देखिएको बीबीसीले जनाएको छ।








