काठमाडौँ । कर्णाली प्रदेशमा आज थप ६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा सुर्खेतका ३, दैलेखका १, स्याङ्जाका १ र कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ४ सय ७४ पुगेको छ । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने १ हजार १२७ जना निको भएर घर फर्किएका छन् । आज मात्र ४९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।








