• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आठाैँ पटक थपिएकाे म्यादमा सकियाे सोलु कोरिडोर प्रसारण लाइन

  •   बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    उदयपुर ।  साढे तीन वर्षदेखि अवरुद्ध राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित स्थानीयवासीले एलाइन्मेन्ट परिवर्तन गर्न माग गर्दै साढे तीन वर्षदेखि अवरुद्ध पार्दै आएकोमा आयाेजनाले उनीहरूकाे माग सम्बोधन गरेपछि रोकिएको काम पूरा भएकाे हाे ।

    प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ ०७६ देखि व्यवसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत आयोजनाको २३.५ मेगावाट विद्युतमध्ये ४.५ मेगावाटबाहेक सबै खेर गइरहेको थियाे ।

    सोलुखुम्बुको तिङ्लादेखि सिराहाको मिर्चैयासम्म आयोजनाको कुल लम्बाइ ८९.५ किलोमिटर प्रसारण लाइनमा पर्ने ३०२ वटा टावर र तार तान्ने काम सम्पन्न भएको हो । आठौ पटक थपिएको म्याद सकिन दुई दिनअघि निर्माण सम्पन्न भएको हो । पछिल्लो पटक थपिएको म्याद ३१ डिसेम्बर २०२१ मा सकिँदैछ । टावर निर्माण, तार तान्ने काम सम्पन्न भएपछि अब तारमुनि पर्ने रुखहरू काट्ने काम भई रहेको आयोजना निर्माण कम्पनीका सम्पर्क अधिकृत दीपक गौतमले जानकारी दिए । रुख काट्ने काम करिब एक सातामा सक्ने लक्ष्य लिएको सम्पर्क अधिकृत गौतमको भनाइ छ । आगामी जनवरीभित्र सबै काम सम्पन्न गरी व्यवसायीक रुपमा लाइन प्रसारण गरिने योजना रहेको उनकाे भनाइ छ ।

    सोलु करिडोर १३२ केभी डबल सर्किट आयोजना २५ सेप्टेम्बर २०१६ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भइ काम सुरू गरेको थियाे । आयोजनाको काम ३१ डिसेम्बर ०२१ मा सक्ने गरी आठौँ पटक म्याद थप गरेको थियो । कटारी नगरपालिका-४ मरुवा, सिम्ले, बर्मझियाका २३ घर परिवारले प्रसारण लाइनको एलाइन्टमेन्ट परिर्वतनको माग्दै अवरोध गरेका थिए । उनीहरूले एलाइन्टमेन्ट परिर्वतन हुन नसके ०७५ सालमा निर्धारण भएकाे मुआब्जा पुन: मुल्याङकन गर्न माग गरेका थियो । तीन वर्षअघि प्रतिकठ्ठा २० लाखका दर मुल्याङ्कन गरेमा अहिले नगरपालिकाले सिफारिस गरेको प्रतिकठ्ठा ५० लाख अनुसार मुआब्जा हुनु पर्ने माग गर्दै आएको थियो ।

    तीन करोड मुआब्जा वितरण
    आयोजनाले उदयपुरको कटारी नगरपालिका वडा नम्वर २, ३, ४ र ५ को मरुवा, सिम्ले, बर्मझियाका बासिन्दाको अवरोधपछि प्रभावित क्षेत्रका नम्बरी र ऐलानी जग्गाको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ । सरकारले सो क्षेत्रका स्थानीयवासीलाई मुआब्जा वितरणका लागि चार करोड ५० लाख रुपैयाँ रकम निकासा गरेकामा हालसम्म तीन करोड रुपैयाँ मुआब्जाबापत भुक्तानी दिई सकेकाे आयोजनाका सम्पर्क व्यक्ति गौतमले बताए । आयोजनाको निर्माण खर्च करिब दुई अर्ब ५० करोड रुपैयाँ पुग्ने गौतमको भनाइ छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.