• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अनि कमेडियन बने कादर खान

  •   शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    एजेन्सी काठमाडौं । कादर खान, हिन्दी फिल्मको एउटा यस्तो नाम हो, जुन नामलाई कसैले बिर्सदैन । बलिउडको लोकप्रिय कलाकारको नाम लिने हो भने कादर छुट्दैनन् । उनी फिल्ममा जुन भूमिकामा अभिनय गर्थे, त्यो भूमिकाले दर्शकमाझ एउटा छुट्टै छाप छोड्थ्यो । उनले फिल्ममा भिलेनदेखि कमेडियनसम्मका अलगअलग भूमिकामा दर्शकको मन जिते ।

    कादर राम्रो कलाकारसँगै उम्दा फिल्म लेखक पनि थिए । उनले बलिउडका कैयौं फिल्ममा सदाबहार संवाद लेखेका छन् । कादरको जन्म सन् १९३७ अक्टोबर २२ मा अफगानिस्तानको काबुलमा भएको थियो । उनको परिवार अफगानिस्तान छोडेर भारतको मुम्बईम बसेकाे थियो । उनको परिवार मुम्बईको सबैभन्दा फोहोरी र बद्नाम क्षेत्र कमाठीपुरामा बस्थ्यो ।

    कादरको घरको आर्थिक अवस्था ठिक थिएन । उनले बिस्तारै–बिस्तारै पढाइ सुरु गरे । उनले इञ्जिनियरिङ पढे र कलेजमा नाटक लेख्न थाले । केही समयपछि कादर एक कलेजमा लेक्चरर बने । तर उनले नाटक लेख्न छोडेनन् । नाटक लेखिरहँदा उनले फिल्मको संवाद लेखन पनि सुरु गरे । सुरुवाती समयमा उनले कैयौं फिल्मका लागि राम्रा संवाद लेखे ।

    संवाद लेखिरहँदा उनले फिल्मी अभिनय पनि सुरु गरे । करियरको सुरुवातमा उनले कैयौं फिल्ममा भिलेनको भूमिकामा अभिनय गरे । उनको भूमिकालाई दर्शकले निकै मनखपराए । तर एक समय यस्तो आयो कि उनले भिलेनको भूमिकामा अभिनय गर्नै छोडे । उनले भिलेनको भूमिकामा अभिनय नगर्ने निर्णयको कारण उनको परिवार र कलेजका विद्यार्थी थिए ।

    कादरले भिलेन भूमिकामा अभिनय गरिरहँदा उनको छोराको स्कुलका अन्य विद्यार्थी रिसाएका थिए । यहाँसम्मकि भिलेन चरित्रमा अभिनय गरेकै कारण छोरा सरफराजसँग उनको झगडा नै परेको थियो । कादरकी श्रीमतिले पनि उनलाई भिलेन बन्न रोक लगाएकी थिइन् । उनको पूर्वकलेजका विद्यार्थीले पनि उनलाई भेट्दा भिलेन भूमिका नगर्न सुझाव दिएका थिए ।

    त्यसपछि उनले भिलेनको भूमिका छोडेर कमेडियन चरित्रलाई अंगाले । उनले गोविन्दाका साथ कैयौं फिल्ममा कमेडी भूमिकामा अभिनय गरे । उनले ‘दाग’, ‘परवीश’, ‘सुहाग’, ‘कुर्बानी’, ‘नसीब’, ‘याराना’, ‘कुली’, ‘आन्टी नम्बर १’, ‘दुल्हे राजा’, ‘आँखियो से गोली मारे’ र ‘दिवाना मे दिवाना’सहित करिब ३ सय बढी फिल्ममा अभिनय गरे । आफ्नो करियरमा झण्डै २ सय ५० फिल्ममा संवाद लेखे ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.