• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मध्य पुस कट्दा सितलहर प्रभावितलाई राहत दिनेबारे छलफल गर्दै प्रदेश २ सरकार

  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम। बिहीबार परेको वर्षासँगै प्रदेश २ मा अत्यधिक चिसो बढेको छ । दिनभरि चल्ने चिसो हावाले विहान र राति हुस्सुसमेत लाग्ने गरेको छ । चिसोमा गरिब विपन्न तथा दैनिक मजदुरी गर्ने वर्ग बढी प्रभावित हुने गरेका छन् । धनुषा कमला नगरपालिका ९ का दुबरकोट हथलेटवाका ६० वर्षीय रोजाई मन्सुरले भने,‘समान्य दिन त जेनतेन गुजरि हाल्छ ।

    वर्षायाम र शितलहरमा आफ्नो दैनिकी पहाड जस्तो लाग्न थाल्छ ।’ दैनिक मजदुरी गरेर घरपरिवारको गुजरा गर्ने मन्सुरले भने,‘चिसो छल्न न्यानो कपडा चाहिन्छ, तर कोरोना कालमा रोजगारी गुमेर घरपरिवारको दुई छाक टार्न धौंधौं पर्छ । कहाँबाट न्यानो कपडा खरिद गरौं ।’ चिसो बढ्दै गएपछि गरिब विपन्न, दलितहरुको सहरा पराल बनेको छ । महोत्तरी गौशाला नगरपालिका मलहनियाका मुसर समुदाय परालबाट बनाएका डास्नाको छोछ्यान छ भने राति परालबाट बनेको च्टाई नै ओडने गरेका छन् ।

    विगतका वर्षहरुमा केही संघ संस्थाले राहत दिएका थिए, स्थानीय चुनचुन सदाले भने,‘ति कम्बल च्यातिइसकेको छ । त्यसकारण पराल नै चिसोको छल्न हाम्रो सहरा बनेको छ ।’ चालु आर्थिक वर्षमा अहिलेसम्म चिसोका कारण ज्यान गुमाएको बारे जानकारी नआए पनि पछिल्ला चार वर्षमा प्रदेश २ मा चिसोले मात्रै ७४ जनाको मृत्यु भएको छ । गत वर्ष मात्रै चिसोका कारण प्रदेशमा १० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म रौतहटमा सबभन्दा बढी ३२, सप्तरीमा १८, सिरहामा ७, पर्सामा ६, धनुषामा ४,महोत्तरी र सर्लाहीमा ३/३ र बारामा १ जनाको मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    यसैबीच, प्रदेशमा अत्यधिक चिसो बढेसँगै प्रदेश २ सरकारले गरिब विपन्नको लागि आवश्यक तयारी थालेको छ । प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जाडो प्रभावित वर्गमा कम्बल, न्यानो लुगाा तथा दाउरा वित्तरण गर्ने तयारी गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले भने,‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी थालेका छौ, केही दिनभित्रै जिल्ला जिल्लामा रहेका विपन्न वर्गलाई कम्बल वित्तरण गरिने छौ ।’

    ‘शीतलहरबाट जोगिन पुर्व तयारीको विषयमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको बताउदै मन्त्री साहले भने,‘चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।’ प्रदेश नीतिक तथा योजना आयोगको अनुसार प्रदेश २ का १५ प्रतिशत जनता चिसोबाट प्रभावित हुँदै आएका छन् ।

    खास गरि विपन्न दलित समुदायसँग चिसोमा न्यायो कपडा नहुदाँ उनीहरु बढी प्रभावित हुने गरेको आयोगमा उपसभापति डा. भोगेन्द्र झाले बताए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.