• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रसुवाको सुक्खा बन्दरगाह : निर्माण सम्पन्न गर्ने मिति सकिन तीन महिना बाँकी रहँदा २० प्रतिशत मात्रै

  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रसुवा । गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह आगामी तीन महिनाभित्र बनिसक्नु पर्ने हो । तर, यो बन्दरगाहमा हालसम्म जम्मा २० प्रतिशत मात्रै काम पूरा भएको छ । बन्दरगाह निर्माण सुरु भएको दुई वर्ष भइसकेको छ । सम्झौताअनुसार हो भने आगामी तीन महिनाभित्रै यो बन्दरगाह बनिसक्ने छ ।

    २० नोभेम्बर २०१९ मा बन्दरगाह निर्माणका लागि शिल्यान्यास गरी औपचारिक रुपमा काम सुरु गरिएको थियो । बन्दरगाह निमार्णको जिम्मा चीनको तिब्बतस्थित टिबेट फूली कन्सट्रक्शन ग्रुप लिमिटेडले पाएको थियो । ३० महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म जम्मा २० प्रतिशत मात्रै काम भएको छ ।

    टिबेट फूली कन्सट्रक्शन ग्रुप लिमिटेडका म्यानेजर याङ इलीका अनुसार अहिले खोलाको किनारमा मेसिनरी वाल लगाउने काम भइरहेको छ । खोला किनारको ६ सय ६० मिटर लम्बाइमा वाल लगाइने छ । हालसम्म  दुई सय १० मिटरमा वाल लगाइएको छ । खोलाबाट १३ मिटर उचाईको वाल लगाइने छ । ‘बर्षातको समयमा असहज हुने स्थानमा अहिले वाल लगाउने काम भइरहेको छ,’ उनले भने, ‘बर्षातको समयमा सहज हुने ठाउँमा पछि गछौँ ।’

    वर्षातअघि खोला किनारमा वाल लगाउने काम सम्पन्न गर्ने योजना रहेको उनले बताए । संरचना निर्माण आगामी वर्षदेखि सुरु गरिने उनले बताए । चीनबाट कामदार आउन नसक्दा कामले गति लिन नसकेको उनले बताए ।

    निर्माणस्थलमा अहिले ३५ जना नेपाली र १५ जना चिनियाँ कामदार छन् । १० जना चिनियाँ दक्ष कामदार आउन नसक्दा निर्माणस्थलमा कामले गति लिन नसकेको हो । ‘चीनबाट कामदार आउन सकेका छैनन्, सिपयुक्त दक्ष कामदार अभाव छ, त्यसैले अहिले नेपाली कामदार थप गरी कामलाई तिव्रता दिइरहेका छौँ,’ उनले भने ।

    सन् २०१९ को नोभेम्बरबाट काम सुरु गरि ३० महिना भित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि कोरोना महामारी, चिनिया कामदार चीनबाट निर्माणस्थलमा आउन नसक्नु लगायतका कारण कामले गति लिन नसकेको जनाएको छ । अबको १८ महिना भित्रमा बन्दरगाह निर्माणको काम सम्पन्न गर्ने योजनामा आफुहरु रहेको तिबेत फूली कन्सट्रक्शन गु्रप लिमिटेडका म्यानेजर याङ इलीले बताए ।

    नेपाल र चीनबीच भएको सम्झौता अनुसार चीनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । करिब १२ करोड ४० लाख चिनियाँ युआनको लागतमा सुख्खा बन्दरगाह निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा अन्तराष्ट्रियस्तरको सुबिधासम्पन्न बन्दरगाह निर्माण हुने बताइएको छ ।

    ८ दशमलब ५ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहमा एउटा मुख्य भवन रहने भएको छ । त्यसमा प्रशासनीक कार्यका लागि भन्सार, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षा लगायत कार्यालयहरू रहने रसुवागढी भन्सार कार्यालय टिमुरेले बताएको छ ।  तीन सय १५ भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने गरि पार्किङस्थल निर्माण हुने छ । त्यसैगरि ७ सय ५० वर्ग मिटरको क्षेत्रफलमा गोदामघर निर्माण हुने  जनाइएको  छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.