चितवन । गीतकार तथा गायक परशुराम पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । गायक पाण्डेको स्वरमा सजिएको ‘तिम्रो मुस्कान’ बोलको गीत आज (शनिबार) सार्वजनिक भएको हो । सार्वजनिक रोमान्टिक फ्लेवरको गीतमा शिव कँडेलको शब्द तथा संगीत छ ।
गीतमा संगीत संयोजन मनोहर सुनमको छ । गीतमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको छ । गीतको भिडियोमा हिरा चौधरी, मुस्कान चौधरी, सुरेश चौधरी, भीम गुरुङ, सनम सापकोटा, अर्जुन चापागाईलगायतको अभिनय छ । सुरेश चौधरी निर्देशित भिडियोको परिकल्पनाकार पनि उनी नै हुन् । सन्तोष सुनार र अर्जुन चापागाईले खिचेको भिडियोलाई निर्देशक चौधरीले सम्पादन गरेका हुन् ।
गीतको भिडियो चितवनकै विभिन्न स्थानमा छायांकन गरिएको हो । गायक पाण्डेले गीत सुनेर तथा भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । पाण्डे संगीतका शिक्षक समेत हुन् ।
https://www.youtube.com/watch?v=j19OQl1mnsE








