चितवन । चितवनमा आज ७४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये आज ६५ जना होम आइसोलेसनमा छन, भने ६ जना अस्पतालमा रहेका छन् । त्यस्तै आज चितवनमा ७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ११२ जनाको पिसिआर र ५ जनाको एन्टिजेन परिक्षणबाट थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २७ हजार २२३ पुगेको छ । यता, आज ४ जना कोरोनामुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ७१४ पुगेको छ ।








