• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

परिचयपत्र माग्दै अपांगता भएकाहरूले दिएको निवेदन एक वर्षसम्म नगरपालिकामै थन्कियाे

  •   मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुगु। छायाँनाथ रारा नगरपालिकाका अपांगता भएकाहरूले परिचयपत्र बनाइ दिन माग गर्दै एक वर्षअघि दिएकाे निवेदनमाथि अझैसम्म सुनुवाइ भएकाे छैन । उनीहरूले परिचयपत्र अभावमा राज्यबाट पाउने सुविधाहरूबाट बन्चित हुनु परेकाे भन्दै  आव २०७७/०७८ मै परिचयपत्नका लागि निवेदन दिएकाे बताएका छन् । ११२ जनाले निवेदन दिए पनि नगरपालिकाले सामान्य छनबिन समेत सुरू नगरेकाे उनीहरूकाे दुखेसाे छ ।

    छाँयानाथ रारा नगरपालिका-१२ बालचौरका रत्नबहादुर बिककाे बाल्याकालदेखि नै दुबै हात चल्दैन । उनलाई बोल्न पनि समस्या छ । पछि अलि ठूलाे भएपछि फेरि लड्दा हात पनि भाँचियाे । अहिले उनी राम्रोसँग हिडडुल र बोल्न नसक्ने उनकी आमाले बताइन । उसलाई परिचयपत्र दिए अलि अलि भए पनि सरकारले भत्ता दिने हुँदा रेखदेखमा सहज हुने रत्नबहादुरकी आमाले गुनासाे गरिन । उनले भनिन्, ‘नगरपालिकामा अपाङ्ग परिचयपत्र पाउँ भनेर सबै कागज पत्रसहित निवेदन दिएको एक वर्ष भयाे ।अहिलेसम्म परिचयपत्र पाइएकाे छैन ।’

    छायाँनाथ रारा नगरपालिका-१ घाटकी अपांगता भएकी सुजाता मल्लले पनि अहिसम्म राज्यबाट पाउने कुनै पनि सेवासुविधा पाउन सकेकी छैनन् । उनका बुबा पदम मल्लले अपांगता परिचयपत्रका लागि एक वर्षअघि नै नगरपालिकामा निवेदन दिएका थिए । तर, अहिलेसम्म नगरपालिकाले साेधखाेजसमेत गरेकाे छैन ।

    छायाँनाथ रारा नगपालिकामा मात्रै हाेइन मुगुकाे सोरु, खत्याड र मुगु कामारोङ्ग गाउँपालिकामा समेत यस्ताे समस्या वर्षाैदेखि छ । परिचय पत्रको लागि धेरै पटककाे छलफलपछि छाँयानाथ रारा नगरपालिकाले दुई चरण गरेर ‘क’ नम्बरको परिचय पत्र चार जना, ‘ख’ वर्गको १५ जना, ‘ग’ वर्गको १२ जना, ‘घ’ वर्गका २५ जनागरी  ५६  जनाले परिचय पत्र पाएकाे जनप्रतिनिधिहरूले बताएका छन् । अझै ११२ जनाले परिचय पत्र पाउन सकेका छैनन् ।

    अपाङ्ग पुनर्स्थापना तथा ग्रामीण विकास संस्था डार्डो नेपाल मुगुका अध्यक्ष सक्कबहादुर बुढाका अनुसार सबैलाई परिचयपत्र दिन माग भइरहेकाे छ । गाउँमा सिंहदरवार आए पनि नागरिकहरूले अझै सेवा सहजै पाउन नसकेकाे उनकाे भनाइ छ ।  अपाङ्गता परिचय पत्र वितरण संयोजक तथा छायाँनाथ नगर उपप्रमुख सुन्तला रोकायाले अब केही दिनमै सबैले परिचयपत्र पाउने बताइन । पालिकाका प्रमुख प्रशासकीय अधिकृत जिल्लाबाहिर गएका कारणा ढिला भएकाे र अबको एक साताभित्रै अपांगता परिचयपत्र दिने उनले प्रतिबद्धता जनाइन । खड्क सुनार/ न्युज कारखाना

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.