काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा पत्रकारहरुले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै उनीहरुले प्रर्दशन गरेका हुन् । श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले आन्दोलन थालेको छ । लकडाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिरबाट निकाल्ने, पारिश्रमिक उपलव्ध नगराउने जस्ता काम संचारगृहबाट भएपछि महासंघको नेतृत्वमा पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।








