• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

धरानमा दुई मिनेट बोलेका प्रधानमन्त्री देउवाले के भने ?

  •   मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुनसरी ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न लागि परिरहेको बताएका छन् ।

    धरान दिवस २०७८ मा सहभागी हुन मंगलबार धरान आएका उनले प्रतिष्ठान सुधारमा आफू गम्भीर रहेको बताए ।  करिब २ मिनेट सम्बोधन गरेका उनले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन लागि पर्ने बचनसमेत दिए ।

    उनले धरानमा रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पीठको उल्लेख्य सुधारको पक्षमा सरकार रहेको बताए ।

    त्यस्तै उनले पार्टीलाई एक ढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताए । उनले देशभरिका पार्टीका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुने बताए । साथै उनले पार्टीमा एकता भए मात्र सरकार पनि बलियो हुने बताए ।

    धरानका मेयरले राम्रो काम गरेको बताउँदै उनले धरानबाट कम्युनिस्टको गढ भत्किन सुरु भएको बताए । अब पनि धरानमा कांग्रेसलाई जिताउन लागि आग्रह गरेका थिए । देउवाले भने, ‘धरानमा कांग्रेसले कहिल्यै जित्दैन भन्ने थियो, हाम्रो मेयरले जितिसक्नु भयो । अब पार्टी एकताको सुरुवात पनि धरानबाट हुनेछ भन्ने विश्वास लिएको छु । ’

    सबैको सहयोगले पार्टी सभापति भएको खुलाउँदै देउवाले यो कार्यकाल आफ्नो अन्तिम भएको पनि बताए । उनले पार्टीलाई एक बनाउने दायित्व आफ्नो भएको पनि बताए । देउवाले भने,‘सबैको सहयोग विना पार्टी एक हुन सक्दैन । एक बनाउने दायित्व मेरो हो, र स्वार्थ पनि त्यही हो ।’

    उनले नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटनसमेत गरे । त्यस्तै फोहोर मैला प्रशोधन केन्द्रको उद्घाटन गरेका उनले बसपार्कको अवलोकन गरेका छन् । धरान स्थापना दिवसको अवसरमा धरान उपमहानगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको थियो ।

    गत पुस १४ गते बसेको कार्यपालिका बैठकले पुस २० गते ‘धरान डे’को अवसरमा धरान क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    धरानमा पुस २० गतेदेखि २३ गते तीन दिनसम्म धरान डे मनाउने निर्णय गरेको छ । धरान आधुनिक सहरको जग वि. सं.१९५७ सालमा सुरु भएको बताइन्छ । सोही अवसरमा तत्कालीन धरान नगरपालिकाले २०५७ सालमा शतवार्षिकी महोत्सव आयोजना गरेको थियो ।

    त्यसपछि धरानमा पुस २० गतेलाई धरान स्थापना भएको मानकको रूपमा लिएर धरान डे मनाउँदै आएको छ । पुस २० गते आधुनिक धरान सहर स्थापनाको १२१औं वर्ष पुग्दै छ । प्रकाश तिम्सिना/न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.