• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

सडक अतिक्रमण हटाउने अभियानमा जुम्लाका सरोकारवाला

  •   बुधबार, पुष २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जुम्ला ।  जुम्ला सडक अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ । जुम्ला बजारमा मनपरी रूपमा सडक अतिक्रमण बढ्न थालेपछि सरोकारवालाहरूले अभियान थालेका हुन् । अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामाग्री हटाउन परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको हो ।

    बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटेललगायतका संरचना भत्काउन थालिएको हो । सडक डिभिजन जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियानअन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका छन् । जसअन्तर्गत मंगलबार चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ ।

    जुम्लामा यसअघि सडक अतिक्रमण हटाउने बहस सुरु भएको  थियो । मंगलबार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम सुरु भएको नागरिक अगुवा राज बहादुर महतले बताए । उनले भने, ‘वर्षौ पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउन बहसदेखि सडक चक्काजाम गर्‍यौ तर सफल भएनौं । अहिले सडक डिभिजनले कडा कदम पनि चाल्यो, प्रहरी प्रशासनले साथ दिएर अतिक्रमण हटाउने अभियान सुरु भएको छ । आम नागरिक खुसी छौं । सम्मान रूपले सडक अतिक्रमण हटाउन सबै जुट्नु पर्छ ।’

    मंगलबार डोजर प्रयोग गरेर सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सडकमा जथाभाबी रूपमा राखिएका निर्माण सामाग्री फालिएको छ । भने अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको  सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।

    सडक सुरक्षा सबैको दायित्व हो भन्ने कुरा बुझ्दा बुझ्दै पनि नागरिकबाट बुझ पचाएको देखिन्छ । नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनु पर्ने हो ।

    त्यसमा एक मिटर फुटपाथका लागि छुटाइएको थियो । अहिले फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा, होटेल बनेका छन् । त्यसैले सडक क्षेत्र पुरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सूचित गरिने अटेरी गरे एक हप्ता भित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाई छ ।

    यसअघि अतिक्रमण हटाउने निर्णय भए पनि कार्यान्वयन हुनसकेको थिए । जुम्ला बजारमात्रै  नभई  तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहिका पनि बढेकोले अतिक्रमण हटाउने अभियान गाउँ सम्म पुराइने सडक डिभिजनले जनाएको छ ।

    त्यस्तै प्रमुख जिल्ला विजयाकुमारी प्रसाईंले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभई अतिक्रमण भएको सबै क्षेत्र सहमति वा बल प्रयोग गरेर भए पनि हटाइने बताइन् ।  उनले भनिन्, ‘सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व हो ।’

    सडक डिभिजन जुम्लाले पटक-पटक सार्वजनिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध नगरे पनि सडकमा स्थानीयको मनपरी रोकिएको थिएन ।

    अतिक्रमण बजारभन्दा गाउँमा बढी भएकोले अभियान गाउँ केन्द्रित हुनुपर्ने बताइएको छ ।

    निर्माण सामाग्री मात्रै हटाएको र अबको सात दिनभित्र अतिक्रमित सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने तथा त्यसबाट पर्न जाने क्षति प्रति कार्यालय जबाफदेही नहुने समेत चेतावनी दिइएको छ । साथै संरचना हटाउँदा लाग्ने खर्चसमेत सार्वजनिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने चेतावनी दिइएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      अब सवारी दर्ता तथा नामसारीका लागि धनी

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.