काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७२०९ र एन्टिजेन विधिबाट ४८९० जनामा परिक्षण गर्दा ५४० जनामा कोरोना संक्रमण देखिएको हो । यो साताको तथ्यांक हेर्दा दैनिक नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ ।
यसअघि आइतबार २१६ जनामा, सोमबार ३२६ जनामा र मंगलबार ३९३ जना र बुधबार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । अघिल्लो साताका आधारमा यो साता १.४ प्रतिशतले संक्रमण दर बढेको छ । यस्तै, आज थप २७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार ४४७ जना पुगेको छ ।
निको हुने दर ९७.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ६०२ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ रहेको छ ।








