• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लाइसेन्सको ट्रायलमा आफ्नै सवारीसाधन चलाउने व्यवस्था मिलाइँदै

  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    उदयपुर ।  यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले यसअघि सवारी अनुमतिपत्र (लाइसेन्स) निकाल्न प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नो गाडी (साधन) प्रयोग गर्न नपाउने नीति परिवर्तन गर्न तयारी थालेको छ । अहिलेसम्म ट्रायल सेन्टर सञ्चालन गर्ने निजी कम्पनीकै साधन चलाएर ट्रायल दिनु पर्ने नियम संशोधन गर्दै कार्यालयले आफ्नै साधन चलाउने व्यवस्था मिलाउन तयारी थालेको हो ।

    आफ्नो गाडी हुँदाहुँदै कम्पनीकै गाडी चलाउनु पर्ने नियमप्रति चौतर्फी विरोध भएपछि प्रदेश भौतिक तथा पूर्वाधार यातायात मन्त्रालयले नियम संशोधन गर्न मिल्ने भए सच्याउने निर्देशन दिएको थियो ।

    सिरहाको लहान लगायत अन्य ठाउँबाट ट्रायल दिँदा आफ्नै साधन प्रयोग गर्न दिने गरेको भए पनि उदयपुरमा ट्रायल सेन्टरकै सवारी साधन चलाउनु पर्ने बाध्यताले परीक्षार्थी अनुत्तिर्ण हुने गरेको भन्दै आफ्नै साधन प्रयोग गर्न दिने मन्त्रालयको निर्देशन थियो ।

    मन्त्रालयको निर्देशनपछि आफ्नै साधन प्रयोग गर्न दिने विषयमा तयारी गर्न आन्तरिक छलफल भइरहेको छ । परीक्षार्थीको दबाब र मन्त्रालयको निर्देशन अनुसार गर्न सकिने नसकिने भन्ने विषयमा छलफल गर्दै आन्तरिक तयारी थालिएको कार्यालय प्रमुख सुभाष कार्कीले बताए । उनका अनुसार ट्रायलमा प्रयोग हुने सवारी साधनको बिमा (इन्स्योरेन्स), ब्लुबुक अनिवार्य नवीकरण भएको हुनु पर्ने, सवारी साधनको अवस्था प्राविधिकले जाँच गरेर प्रमाणित गर्नु पर्ने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ ।

    निर्देशिकाले गरेको व्यवस्था अनुसार गर्नु पर्ने भएकाले मन्त्रालयले निर्देशन दिए पनि तत्काल कार्यान्वयनमा ल्याई हाल्न केही कानुनी समस्या रहेको कार्कीको भनाइ छ । परीक्षार्थीको दबाब र प्रदेश सरकारको निर्णय अनुसार नीति परिवर्तन गरेर आफ्नै साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन गृहकार्य सुरु भएको उनकाे भनाइ छ । परीक्षार्थीले आफ्नै साधान प्रयोग गर्न पाउने व्यवस्थाले ट्रायल सेन्टरमा सवारी चाप हुने हुँदा पार्किङको समस्या अर्को जटिलता थपिने सम्भावना रहेको पनि उनले बताए ।

    प्रदेश सरकारले ट्रायल सेन्टरले लिदै आएको शुल्क पनि घटाउन निर्देशन दिएको जनाइएको छ । मन्त्रालयले ट्रायल सेन्टर सञ्चालकलाई विद्यमान शूल्क घटाउन पनि निर्देशन दिएको छ । जस अनुसार दुई पाङ्ग्रेको परीक्षार्थीलाई मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक २ सय ४० र चार पाङ्ग्रेका लागि ५ सय ४० रुपैया शूल्क लिदै आएको थियो । त्यसमा भ्याट थप्दा दुई पाङ्ग्रे परीक्षार्थीले २ सय ७२ र चार पाङ्ग्रेले ६ सय ११ तिर्नुपथ्र्यो । संशोधित नियम अनुसार दुई पाङ्ग्रेलाई भ्याट सहित २ सय २० रुपैँया ३५ पैसा र चार पाङ्ग्रेलाई ५ सय पुगेको छ ।

    प्रदेश मन्त्रालयले अहिले त्रियुगा नगरपालिका– ९ गैरुनस्थित नीजि जग्गामा रहेको ट्रायल सेन्टर हटाएर सरकारी जग्गामा सार्न पनि निर्देशन दिएका छन् । जस अनुसार त्रियुगा नगरपालिका– ६ जलजलेस्थित सरकारी जमिनमा ट्रायल सेन्ट बनाउने तयारी थालिएको छ । ट्रायल सेन्टर बनाउन त्रियुगा नगरपालिकाले जलजलेस्थित २ बिगाहा १० कठ्ठा ऐलानी जमिन यातायात व्यवस्था सेवा कार्यालयलाई उपलब्ध गराएको छ ।

    त्यहाँ ट्रायल सेन्टर बनाउन प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्री हिमाल कार्कीले स्थलगत अनुगमन समेत गरि सकेको छ । अनुगमन गर्दै मन्त्री कार्कीले यातायात सेवा कार्यालयको फाइल अध्ययन गरी अगाडि बढाई हाल्ने प्रतिबद्धता जनाएएका छन् । उनका अनुसार जति सक्दो चाँडो सरकारी जमिनमा ट्राइल सेन्टर बनाउने कार्य सुरु हुनेछ ।

    त्यसका लागि आन्तरिक तयारी थालि हाल्न यातायात व्यवस्था सेवा कार्यालय गाईघाटलाई निर्देशन दिइ सकेको पनि उनले बताए । कार्यालय प्रमुख कार्कीले आवश्यक कर्मचारी अभावका कारण सरकारी जमिनमा ट्रायल सेन्टर बनाउन तत्काल सम्भब नभए पनि आन्तरिक तयारी भने थालि हाल्ने बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.