• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एमालेकै जिल्ला अधिवेशनमा किन गएनन् भीम आचार्य ?

  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुनसरी । कुनै समय सीमित कार्यकर्तासँग संगत गर्ने भनेर चिनिएका एमालेका नेता हुन्, भीम आचार्य । सुनसरी एमालेका आचार्य पार्टीका हरेक कार्यक्रम सहभागी हुन्थ्ये ।

    तत्कालीन एमालेमा दुई खेमा माधव नेपाल र केपी शर्मा ओली हुँदा माधव नेपालका सुनसरी मात्रै नभई पूर्वाञ्चलमा उनको दबदबा थियो । तर, आफ्नो शक्ति कमजोर बन्दै गएपछि आचार्य पार्टीको कार्यक्रममा देखिन छोडेका छन् ।

    एमालेको दशौं महाधिवेशनबाट सचिव पदमा रहेका आचार्य सदस्य पदमा झरेपछि उनको शक्ति कमजोर देखिएको छ । शुक्रबार सुरु भएको जिल्लाको अधिवेशनमा उनी सहभागी भएनन् । इनरुवा नगरपालिकामा  घर भएका उनी इनरुवाकै जेल मैदानमा शुक्रबारबाट सुरु भएको सातौँ महाधिवेशनको उद्घाटन सत्रमा उनी देखा नै परेनन् ।

    सुनसरी निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट  प्रदेश सांसदका रूपमा निर्वाचित आचार्य  जिल्ला अधिवेशन हुँदा उपस्थित भएनन् ।

    कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष प्रमुख अतिथि हुने गरी तय गरिएको थियो । अध्यक्ष केपी ओलीले ६१ वटै जिल्लाका अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गरे ।

    उद्घाटन सत्रमा केन्द्रीय तथा प्रदेश तर्फका नेताहरूको जमघट हुँदा आचार्य भने सहभागी नै भएनन् । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य गुरुप्रसाद बराल, केन्द्रीय सदस्य तैयब हुसेन, तुलसी गौतम, भगवती चौधरी, जगदीशप्रसाद कुसियत, प्रेम दंगाल, लक्ष्मी गौतम ,अमृता सुब्बा मञ्जु भण्डारी, इन्दु गौतम लगायत नेताहरूको सहभागिता थियो ।

    घरमै बसेका आचार्य किन आएनन् भन्ने प्रश्न आमनेता तथा कार्यकर्तामा थियो । त्यसो त आचार्य कार्यकर्ता माझ खुलेर नबोल्ने स्वभावका उनी घरमै बसेर आफ्नो शक्ति देखाउन लागि परेका छन् । उनी जसरी भए पनि रेवतीरमण भण्डारीलाई अध्यक्षमा रोकेर सहमतिका नाममा खेमराज पोखरेललाई सर्व सहमत गरेर गृह जिल्लामा शक्ति देखाउन लागेका हुन् ।

    विगतको विरासतलाई कायम गर्न र केन्द्रका नेतालाई टक्कर दिन उनी भण्डारीलाई अध्यक्ष हुन नदिन लागि परेका हुन् । आफू जिल्लाको कार्यक्रममा नदेखिएर निकटका लोकेश निरौला र नन्द बस्नेतलाई पदाधिकारीमा राख्नका लागि लबिङ गरिरहेका छन् । पोखरेललाई अध्यक्ष बनाउन सके निरौला र बस्नेत सुरक्षित रहने बुझेर उनी त्यता लागेका हुन् ।

    २०७५ अगाडि सुनसरीमा उनको पक्षमा राम्रो मत थियो । तर, नेकपा विभाजन पछि भने ओली पक्षको राम्रो प्रभाव पर्दै आएको छ । जसको असर सिधै आचार्यमा देखिएको हो । विवादास्पद अवस्थामा जिल्ला अध्यक्ष भएका पोखरेललाई पुनः दोहोर्‍याउन सके आफू बलियो हुने संकेतसमेत देखाएका छन् उनले ।

    स्राेत अनुसार निरौला र बस्नेतको पक्षमा बाहिर देखिएर समर्थन गर्नुभन्दा भित्रबाटै रणनीतिक योजनामा आचार्य छन् । आचार्यले निरौला र बस्नेतलाई पार्टीको हरेक कार्यक्रममा अगाडि सार्ने गरेकाे आरोप लाग्दै आएको छ । त्यसैकारण पनि उनी घरमा नै बसेको स्राेतले बतायो ।

    अधिवेशनकाे बन्द सत्र आजबाट सुरु भएको छ । बन्द सत्रबाट आगामी तीन वर्षे नेतृत्व टुंगाे लाग्नेछ । वर्तमान अध्यक्ष खेमराज पोखरेल, पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी, संविधान भा सदस्य रेवतीरमण भण्डारी र पार्टी प्रदेश कमिटी सदस्य रामप्रसाद चौलागाईँ अध्यक्षका दाबेदार छन् ।

    चौधरी र चौलागाईँले अध्यक्षमा पोखरेल सर्वसहमत भए उम्मेदवारी  फिर्ता लिने बताएका छन् । तर, भण्डारी अध्यक्ष हुने देखिए उनीहरू दुवैले उमेदवारी दिने बताएका छन् ।

    अध्यक्षका आकांक्षी चारै जना यसअघि नेकपा विभाजनको अवस्थामा पुग्दा ओली समूहमै रहेर काम गरेका नेता हुन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.