• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नारायणपुरस्थित उर्गेन नोर्बु छोयलिङ गुम्बामा पाठशाला निर्माणका लागि सहयोगको अपिलः अध्यक्ष मेघबहादुर तामाङ

  •   शनिबार, असार २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका ५, नारायणपुरमा अवस्थित उर्गेन नोर्बु छोयलिङ गुम्बा तामाङ समुदायहरुको जाति, धर्म र परम्पराको पहिचान हो । नारायणपुरका करिब २०० घरधुरी तामाङ समुदाय मिलेर सो गुम्बा निर्माण कार्य सम्पन्न गरेको हो । अहिले गुम्बाकै संरक्षकत्वमा पाठशाला निर्माण कार्य भइरहेको छ र यसले पूर्णता पाउन थुपै्र सहयोगी हातहरुको आवश्यकता देखिएको छ । २०७६ साल मंसिरमा कृषि तथा भूमिसुधार मन्त्री दावा दोर्जे लामाद्वारा पाठशालाको शिलान्यास गरी निर्माण कार्य प्रारम्भ गरिएको गुम्बाका अध्यक्ष मेघबहादुर तामाङले बताए । सुरुवाती चरणमा नारायणपुर ५ का स्थानीय तामाङ समुदाय मिलेर १ कठ्ठा जग्गा खरिद गरी गुम्बा निर्माण कार्य सुरु गरिएको अध्यक्ष तामाङको भनाइ छ । जमिन खरिद भए पश्चात विभिन्न दाताहरुको सहयोगमा गुम्बा निर्माणको प्रक्रिया बढेको थियो । पाठशाला निर्माण कार्यको लागि भरतपुर ५ का वडा अध्यक्ष पदमपाणि सुवेदीले रु। ३ लाख सहयोग गरेको उनी बताउँछन् । यसैगरी गुम्बा संघर्ष समिति चितवनको समन्वयमा ५ लाख कबोल भएको र सो रकम छिटै आउनेमा अध्यक्ष तामाङ आशावादी छन् । ‘भरपर्दो ठूलो स्रोत केही नभएको चन्दा संकलन, देउसी भैलो कार्यक्रम, नाचगान गरेर रकम जम्मा गर्छौ, उनी भन्छन्, ‘बेलाबेलामा विदेशका आएका स्थानीयहरुकै सहयोग पनि जुट्ने गरेको छ ।’ ‘हामी तामाङ समुदाय विदेशबाट आएकाहरुका घरमा गएर नाचगान, रमाइलो गरेर उनीहरुलाई मनोरंजन गराएर स्वेच्छा अनुसार चन्दा संकलन गर्दछौं ।’ पाठशाला निर्माणमा हालसम्म नौ लाख बढी खर्च भइसकेको उनले बताए । यसलाई पूर्णता पाउन करिब ३० लाख लाग्ने हुँदा सहयोगी हातहरुको आशामा पाठशाला रहेको उनले भने । सामाजिक काम र समाजकै गहनाको रुपमा स्थापित हुन गइरहेको पाठशालालाई सबै सहयोगी मनहरुलाई सहयोग गर्न उनी आग्रह गर्छन् । उनले भने हाल पाठशालाको भुईतलाको निर्माण कार्य सम्पन्न भएको छ र ५ जना शिष्यहरुलाई लामा कक्षा दिइरहेको छ । लामा कक्षाको गुम्बाका प्रमुख लामा धर्मगुरु पेमा बाङछुले शिष्यहरुलाई शिक्षा दिइरहेको उनले बताए । पाठशालामा अध्ययनरत शिष्यहरुलाई निःशुल्क पढाइ, बस्ने तथा खाने सबै खर्च गुम्बाले गर्दै आएको छ र यसको लागि दाताहरुको सहयोगबाट संचालन भइरहेको उनको भनाइ छ । उनका अनुसार तामाङ समुदायको आस्थाको धरोहर गुम्बा र गुम्बामा निर्माणाधिन पाठशालाले पूर्णता पाएपछि भविष्यमा धर्मगुरुहरु उत्पादन हुने, धर्मको संरक्षण हुने, रितिरिवाज, परम्परालाई जोगाउन सकिने बताउँछन् । चितवनको मध्यभागमा रहेको सो गुम्बा र गुम्बाको संरक्षणमा निर्माण भइरहेको पाठशाला समाजको मात्र नभएर देशकै गहनाको रुपमा स्थापित हुने उनी भन्छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.