• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

सडक ढलानमा ढिलासुस्ती, व्यवसायी गए डेलिगेसन

  •   बुधबार, पुष २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । खोटाङको दिक्तेलबजारको सडक ढलानको काम अलपत्र पारिएको भन्दै स्थानीय व्यवसायीले विरोध जनाएका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित बजारको सडक ढलानको काममा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै शान्ति सल्लेरी टोलका व्यवसायी विरोधमा उत्रिएका हुन् । दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले सडक ढलानको काम अलपत्र छाड्दा हिँड्डुल गर्नदेखि व्यपार-व्यवसायमा असर पुगेको उद्योग वाणिज्य संघ खोटाङअन्तर्गतको लत्ताकपडा व्यवसायी उपसमिति संयोजक सुमन श्रेष्ठले बताए ।

    निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत २२ असोज राति ढलान सकेको थियो । तर, बेस क्याम्पबाट त्रिवेणीचोकसम्मको ढलानका लागि बेस क्याम्प क्षेत्रमा सडक खनेर असरल्ल छाड्दा आवत-जावत गर्न समस्या भएको व्यवसायीको भनाइ छ ।

    ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुंगामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको भन्दै उद्योग वाणिज्य संघ खोटाङ नेतृत्वको व्यवसायी बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गएका छन् । मंगलबार बसेको व्यवसायीको बैठकले बेस क्याम्पदेखि त्रिवेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँड्डुल गर्नसमेत असहज भएको भन्दै दवावमूलक अभियान सञ्चालनका लागि उद्योग वाणिज्य संघलाई पहलकदमी चाल्न आग्रह गर्ने निर्णय गरेको थियो । त्रिवेणीचोकलेखि नेपाल टेलीकमसम्मको सडक ढलानका लागि टेन्डर आह्वान गर्नमा समेत ढिलाइ हुँदा दिक्तेलबजार ढलान गर्ने योजना बेलामा पूरा नहुने देखिएको व्यवसायीको बैठकको निष्कर्ष छ ।

    सूर्य विकास जेभीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको दुई करोड ६८ लाख बजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो । कोभिड-१९ को महामारीका कारण देखाएर सडक ढलानको काम आगामी ८ माघसम्म थप गरिएको बताइएको छ । हालसम्म ३० प्रतिशत मात्र ढलानको काम सकिएको अनुमान छ । ठेक्का लागेको ५८० मिटरमध्ये हालसम्म १३२ मिटर ढलान भएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर रामहृदय पटेलले बताए ।

    दिक्तेल बजारको मानव अधिकारचोकदेखि बेस क्याम्पसम्मको सडक ढलानका क्रममा निर्माण कम्पनीले स्टिमेटविपरीत रड राखेर ढलान गरेको छ । बजारको सडक ढलानका क्रममा १०/१० सेन्टिमिटरको दूरीमा बाँध्नुपर्ने रडलाई १८/२० सेन्टिमिटर र १५ सेन्टिमिटरको दूरीमा कस्नुपर्ने रडलाई २५/३० सेन्टिमिटरको दूरीमा कसेर ढलान गरिएको स्थानीय एवं तरुण दलका जिल्ला उपाध्यक्ष सञ्जयकुमार राईले बताए । अर्कातर्फ बजार सडक ढलानका क्रममा गिटीमाथि रडको जाली उचालेर ढलान गर्नुपर्नेमा रडको जाली नउचाली ढलान गरिएको छ । यस्तै, ढलानका क्रममा ठूलो आकारको गिटी प्रयोग गरेको स्थानीय बताउँछन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.