हेटौंडा । बुधवार दिनको ३ बजेको समयमा चितवनबाट हेटौंडा आउँदै गरेको पिकअप गाडीलाई प्रहरीले रोक्छ । मकवानपुर प्रहरीलाई प्राप्त प्राप्त बिशेष सुचनाको आधारको आधारमा उक्त गाडी चेकजाँच गर्दा लागुऔषध चरेस,गाँजाको धुलो र पिकअप गाडी सहित ३ जना व्यक्ती प्रहरीले नियन्त्रणमा लियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको बिशेष टोली र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिकाको सिमपानी स्थित पूर्व पश्चिम सडक खण्डमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको लु ३ च ९७४ नं. को पिकअप गाडीलाई चेकजाच गर्दा लुकाई ल्याएको २० किलो ५०० ग्राम लागुऔषध चरेस र १० किलो गाँजाको धुलो फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उक्त पिकअप गाडी चालक मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका ६ बस्ने वर्ष ३३ को सन्त बहादुर थिङ,सोहि स्थानका वर्ष २७ को ललित बहादुर थिङ र चितवन जिल्ला राप्ती नगरपालिका वडा नं ११ भण्डरा बस्ने वर्ष २८ को राम बहादुर तामाङलाई उक्त लागुऔषध चरेस, गाँजाको धुलो, पिकअप गाडी सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रवक्ता रिमालले जानकारी दिए ।








