• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ्ग

  •   बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोनाको तेस्रो लहर सुरु हुँदा समेत अल्पसंख्यक समुदायको रुपमा रहेको चेपाङ्ग समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ्ग समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाईएको छ । जिल्लाका सात पालिका मध्ये ६ पालिकामा चेपाङ्ग समुदायको बसोबास रहेको छ । जिल्लाको इच्छाकामना गाउँपालिका, कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिका चेपाङ्गको बसोबास रहेको पाईन्छ ।

    यी पालिकामा वि. सं. २०६८ सालको जनगणना अनुसार २८ हजार ९८९ जना चेपाङ्गको बसोबास रहेको छ । जस मध्ये अहिले सम्म ६ हजार ३ सय २७ जना अर्थात २१ दशमलब ८२ प्रतिशत चेपाङ्गले कोरोना बिरुद्धको खोप लगाएका छन् । जिल्लामा रहेका सात पालिका मध्ये राप्तीमा २ हजार ७ सय चेपाङ्ले खोप लगाएका छन् । राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ्ग समुदायको बाुहल्यता रहेको छ ।

    ती वडामा ९० प्रतिशत चेपाङ्ग समुदायको बसोबास रहेको र ती वडामा १८ वर्ष माथिका मात्र आठ हजारले खोप लगाउनु पर्ने हो । चेपाङ्ग समुहदायमा सानो उमेरमानै बिबहा गर्ने परिपाटिका कारण खोप लगाउनेको संख्या कम भएको हुन सक्ने उहाँको भनाई छ । १८ वर्ष मुनिका बालबालिकालाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यस समुदायमा सानो उमेरमानै बिबाह गर्ने प्रचलन रहेको छ । १८ वर्ष मुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागीता रहन्छ हेरौ ।” कालिका नगरपालिकामा ३ हजार ८९ जना चेपाङ्ग समुदायले खोप लगाएका छन् ।

    यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङग् समुदायको बसोबास रहेको छ । यहाँ पहाडी क्षेत्र र खोप केन्द्र भन्दा टाढा बसोबास भएकाहरु खोप केन्द्र सम्म आउन समेत नखोजेको कालिका नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार स्थानीय तहमा रहेका चेपाङ्ग समुदायले खोप किन आवबश्यक पर्छ भन्ने जस्ता कुराहरु गर्ने गरेका छन् । उहाँले भन्नुभयो “पहाडी क्षेत्रमा बसोबास गर्नेहरुले कहि जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन् ।” यस्तै इच्छाकामना गाउँपालिकाको सबै जसो वडामा चेपाङ्ग समुदायको बसोबास रहेको छ । बिशेष गरि वडा नम्बर १, २ र ६ मा चेपाङ्ग समुदायको बसोबास रहेको छ ।

    ती वसोबास रहेको क्षेत्रबाट २ हजार ३ सय ५० जनाले कोरोनाको खोप लगाएका छन् । यस पालिकामा १८ हजार भन्दा वढिले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार उमेर अनुसार खोप लगाउने क्रममा अब सो संख्या वढ्ने छ । चेपाङ् समुदायको बस्ति बिकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्र सम्म आउन समेत नखोज्ने गरेका कारण संख्या कम भएको हो । यस्तै खैरहनी नगरपालिकामा ३ सय ५० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

    पालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार यस पालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकोमा सो संख्यामा चेपाङ्ग समुदाय रहेको बताउनुभयो । यस पालिकामा खासै नगन्य संख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिहरु मध्ये १ सय ७४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । सो वडामा रहेका रातोमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ्ग समुदाय खोपमा सहभागी हुन नसकेको भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । टोल टोलमा शिविर संञ्चालन गर्दा समेत उनीहरु सहभागी नभएको सकेको कार्यालयले जनाएको छ ।

    महाशाखा प्रमुख दिपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङ्गको संख्या ठूलो छैन । उनीहरुको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो । माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ्ग समुदायको बसोबास रहेको छ । माडी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १ सय ३० चेपाङ्ग समुदायका व्यक्तिले खोप लगाएका छन् । छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा वेवास्ता गरेका कारण खोप लगाउन आउनेको संख्या कम भएको हो । उहाँले भन्नुभयो “चेपाङ्गको बसोबास वढि संख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ जाउमा कठिनाई भएका कारण यस खोपबाट बन्चित भएका हुन सक्छन् ।”

    चेपाङ्ग संघका पूर्ब केन्द्रिय अध्यक्ष गोविन्द चेपाङ्ग कोभिड खोपमा यस समुदायको सहभागीता न्यून रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “कोभिडको बिषयमा गलत प्रचार भएकाले थोरैले मात्रै खोप लगाएका छन् ।”कोरोना खोप लगाए पछि प्रजनन्मा समस्या हुने डर चेपाङ्गमा देखिएको उहाँले बताउनुभयो । कोरोना खोपका लागि चेपाङ्ग भाषमानै लेखिएको सन्देशहरु प्रचार प्रसार गर्न जरुरी रहेको उहाँले बताउनुभयो । वि. सं. २०६८ सालको जनगणना अनुसार नेपालमा ६८ हजार ३ सय ९९ चेपाङ्गको वसोवास रहेको छ । बिशेष गरि चितवन, मकवानपुर, धादिङ, गोरखा, लम्जुङ, तनहुँ लगाएतका जिल्लामा बसोबास गर्दै आएका छन् ।

    चेपाङ्ग संघ चितवनका अध्यक्ष भिम वहादुर चेपाङ्गले डाँडा काँडामा बसोबास गर्ने भएकाले लगाउन आउने अबस्था नभएको बताउनुभयो । गिठा भ्याकुर खाने र खासै वजार नजाने भएकाले कोरोना लाग्दैन भन्ने यस समुदायमा परेको उहाँले जानकारी दिनुभयो । खोप केन्द्र आसपासमा बसोबास गर्नेहरुले मात्रै खोप लगाएको भन्दै उहाँले कोरोना खोपको बारेमा सूचना सम्प्रेशण प्रभावकारी वनाउन सरोकारवालाहरुलाई आग्रह गरिएको बताउनुभयो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले चेपाङ्ग समुदायमा कोरोनाको बिषयमा बिभिन्न किसिमका नकारात्मक हल्लाहरु चलाईएका कारण समस्या रहेको बताउनुभयो ।

    सुरुवातको समयमा खोप लगाउनका लागि गाउँगाउँमा टोलि जाँदा घर भित्र लुक्ने वा बारि तिर जाने गरेको बताउनुभयो । यो समुदाय वजारको जनजीवन संग प्रत्यक्ष रुपमा सम्पर्कमा नआउने भएकाले पनि संख्यामा कमि आएको हुन सक्ने उहाँको अनुमान छ । स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानिय पालिकाहरुले प्रचार प्रसारमा जोड दिनु आबश्यक रहेको उहाँको भनाई छ । तिवारीले भन्नुभयो “हरेक वडामा स्वास्थ्य संस्था मार्फत खोपको व्यवस्थापन गरिएको छ ।

    केन्द्र सम्म आउन नचाहानु समुदायको कम्जोरी हो ।” कार्यालयका अनुसार जिल्लामा हाल सम्म ३ लाख ७० हजार ५४४ जनाले खोप लगाएका छन् । पहिलो मात्रा लगाएका मध्ये ३ लाख २० हजार ९ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ जनाले, भेरोसेल २ लाख ३७ हजार ६०२ जनाले, एष्ट्राजेनिका ५१ हजार ९६२ जनाले, फाईजर बायोएनटेक १ हजार ८६७ जनाले र जोन्सन ३८ हजार ६७० जनाले लगाएका छन् ।

    जोन्सन भने एक मात्रा लगाएपछि पूर्ण हुने र अन्य खोपहरु दुई मात्रा लगाउनु पर्ने तिवारीले जानकारी दिनुभयो । यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड÷एष्ट्राजेनिका ८२ हजार ८५३ जनाले, भेरोसेल १ लाख ९६ हजार ७२९ जनाले, जोन्सन ३८ हजार ६७० जनाले र फाईजर बायोएनटेक १ हजार ७५७ जनाले लगाएका छन् । पहिलो मात्रा लगाएको तर दोस्रो मात्रा लगाउने समय भईनसकेको संख्या २० हजार हाराहारी रहेको छ । रासस

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.