• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बाघको डर; घरभित्रै ‘दिसा–पिसाब’ घरघरै धुनी

  •   शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बाँके । राप्तीसोनारी गाउँपालिका–६, हब्रहवाका रामप्रसाद थारू साँझ पर्ने बित्तिकै घरभित्र पस्छन् । बिहान नहुँदासम्म रामप्रसादका परिवार घरबाहिर निस्किँदैनन् । राति दिसा र पिसाब लागेमा उनीहरूले भित्रै व्यवस्थापन गर्छन् । रामप्रसाद भन्नुहुन्छ– ‘घरबाहिर बाघ आउँछ भन्ने ड’र हुन्छ । साँझ घरभित्र पसेपछि एकैपटक बिहान बाहिर निस्किन्छौं । दिसापिसाब लागेमा भित्रै गर्छांै ।

    त्यसका लागि डब्बा राखेका हुन्छौं ।’ हब्रहवाका चाँदनी थारूलाई गत शनिबार दाउरा काट्न जाँदा बाघको आक्रमणबाट मृ’त्यु भएको थियो । चाँदनीको शवलाई भोलिपल्ट राप्ती नदीमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कार गरेको ठाउँमा समेत बाघ आएको बताइएपछि स्थानीयवासी त्रसित भएका छन् । हब्रहवा गाउँ हुलाकी सडकदेखि दक्षिणमा पर्छ । सडकको उत्तरमा जंगल पर्छ । गाउँमै बाघ आएको थाहा पाएपछि हब्रहवा मात्रै होइन, सिधनुवा गाउँमा मानिस पनि त्रसित छन् ।

    दुवै गाउँका मानिस साँझ परेपछि घरभित्र छिर्छन् र भोलिपल्ट बिहान मात्रै बाहिर निस्किन्छन् । सिधनुवाका कमलाकुमारी चौधरीले रातिमा कोही पनि घर बाहिर ननिस्किने बताउनुभयो । ‘हामी मात्रै होइन, गाउँका कोही पनि रातिमा बाहिर निस्किँदैनन्, सबैले घरभित्रै डब्बा राखेर दिसा, पिसाब गर्छौं’, कमलाकुमारीले भन्नुभयो– ‘बाहिर निस्किँदा बाघले खायो भने त मरिहालिन्छ । दिसा, पिसाब त सफा गरे भइहाल्छ नि ।’ यति बेला हब्रहवा, सिधनुवा गाउँका हरेक घरको अगाडि आगो बाल्ने गरिन्छ ।

    सडकका पोलमा बत्ती राखिएको छ । आगो र बत्ती बाल्दा उज्यालोमा बाघ आउँदैन भन्ने स्थानीयवासीलाई विश्वास लागेको छ । घरबाहिर आगो बाल्ने र मान्छेजति साँझ पर्नेबित्तिकै घरभित्र पस्ने गरिएको छ । स्थानीय फूलरानी थारुले साँझ परेपछि गाउँ सुनसान हुने बताउनुभयो । नेपाल समाचारपत्र

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.