चितवन । चितवनको इच्छाकामना गाँउपालिकाले विद्यार्थीहरुको लागी टोल कक्षा सञ्चालन गरेको छ । अनलाई, रेडियो र टेलिभिजनबाट दिईने शिक्षा सबै विद्यार्थीको पहुँचमा नभएकाले गाउँपालीले कक्षा सञ्चालन गरेको मेयर गीताकुमारी गुरुङ्ले जानकारी दिनुभएको हो । कक्षा आजबाट गाउँपालीका भित्रको ६६ वटा टोलमा शुरु भएको छ । कोरानाका कारण विद्यालयको पठनपाठन पूर्णरुपमा ठप्प भईरहेको समयमा टोल कक्षा उपयुक्त र गाउँपालीकाका विद्यार्थीको हितमा रहेको गुरुङ बताउनुभएको छ । उहाँले जहीले सम्म करोनाको कहर रहिरहन्छ तब सम्म गाउँपालिकाले १२ कक्षा सम्मका विद्यार्थीहरुलाई टोल शिक्षाको माध्यमबाट पठनपाठन गराउने जानकारी दिनुभएको छ । आवश्यक सुरक्षा सर्तकर्ता र सामाजिक दुरी कायम गरी कक्षा सञ्चालन गर्न लागिएको मेयर गुरुङको भनाई रहेको छ । यस्तै गुरुङ्ले कक्षा प्रभावकारी भयोकी भएन भन्नेमा पनि प्रत्यक दिन निरिक्षण गरिने बताउनुभएको छ । गाउँपालिकामा ५१ वटा सामुदायीक र चार संस्थागत विद्यालय रहेका छन । टोल शिक्षा सामुदायीक र निजी दुवै विद्यालयमा लागु हुने छ । गाउँपालिका बाहिरबाट पढ्न आउने विद्यार्थीहरुको लागी उपयूक्त स्थानको छनोट गरि पठनपाठन गराइने इच्छाकामनाले जानकारी दिएको छ ।








