• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बैतडी डम्बर अवस्थी हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

  •   मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडी । बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस अवस्थी पक्राउ परेकोमा अहिले उनकै आफन्त पर्ने २८ वर्षका नवराज अवस्थीसमेत पक्राउ परेकाछन् । उनले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    यता विप्लव नेतृत्वको नेकपाले भने आफ्ना कार्यकर्ताको हत्या पछि दैनिक आन्दोलन गरिरहेको छ । विप्लव नेतृत्वको नेकपाका सदस्यसमेत रहेका ३० वर्षीय डम्बर अवस्थीको शव गत बुधबार स्थानीय जंगलमा ओढारभित्र गाडेको अवस्थामा भेटिएको थियो । यस्तो छ घटना २३ पुसमा सुर्नया-६ का स्थानीय शिक्षक हरिस अवस्थीले आफ्नो फेसबुकमा एक स्ट्याटस लेखे । गाउँमा हराएका व्यक्तिको नाम किटान गर्दै उनले फलानोलाई फलानोले मारेको होसम्म लेखे ।

    स्थानीय दुई जनाले विप्लवका ६ कार्यकर्ता लगाएर आफूलाई समेत मार्न खोज्दैछन् भन्दै उद्धारका लागि प्रहरीसँग हारगुहार गर्दै अपहरणको नाटक गरेका थिए । हरिसलाई बर्दिया जिल्लाबाट पानीले भिजेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उनले हराएका व्यक्तिलाई कसैले मारेको किटान गरेकाले प्रहरीले संकाको घेरामा राख्दै थुनामा राखेको थियो । थुनेको दुई दिनपछि हरिस आफैले डम्बरलाई मारेर गुफाभित्र पुरेको बताए । हरिसले भनेकै गुफामा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालसहितको टोलीले सडेको अवस्थामा शव फेला पारेको थियो ।

    घटना मसिर १४ गतेको राति भएको प्रहरीले जनाएको छ । १५ गते बैनीको उपचारमा डडेल्धुरा जाने तयारी गरेका डम्बर अघिल्लो रातदेखि बेपत्ता थिए । उनलाई खोजिदिन परिवारले प्रहरीमा निवेदन दिएपछि कलडिटेल माग गर्दा अन्तिम कल उनै हरिसको थियो । जसले हत्या गरेको स्वीकार गरिसकेकाछन् । घटनामा उनीमात्रै संलग्न थिए अथवा अरू पनि भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले बताए ।

    डेढ महिनाअघि हत्या भएको डम्बरको शव अझै आफन्तले बुझेका छैनन् । हत्यामा अरू पनि संलग्न रहेको हुनसक्ने भन्दै सबैको पहिचान गरी कारबाहीको माग आफन्तको छ । उता विप्लव नेतृत्वको नेकपाले मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै दैनिक आन्दोलन चर्काइरहेको छ ।

    सीपी लोहिया/न्युज कारखाना

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.