चितवन । चितवनमा आज ३७३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २८ हजार ७४९ पुगेको हो ।
चितवनमा केही दिन देखी कोरोना संक्रमितको संख्या बढे संगै सक्रिय संक्रमित उकालो लाग्दै गएको छ । आज जिल्लाभर सक्रिय संक्रमितको संख्या १,४८९ पुगेको छ । सक्रिय संक्रमित मध्ये आज ४६ जना अस्पतामा उपचाररत छन् भने १४४३ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै चितवनमा आज ११ जना कोरोनामुक्त भएका छन् ।
यस सँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ८२३ पुगेको छ । चितवनमा आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म भने चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३७ पुगेको छ ।








