• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोरोना संक्रमणको ग्राफ बढ्दो, झापामा स्वास्थ्य मापदण्डको छैन पालना

  •   बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा ।  जिल्ला प्रशासन कार्यालय झापाले पुस अन्तिम साता कोरोना प्रोटोकल जारी गर्‍यो । जसमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नहुनेलगायत उल्लेख थियो । दिनप्रतिदिन कोरोना ग्राफ बढेपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रोटोकल जारी गरेको थियो ।

    तर, जिल्ला प्रशासन कार्यालयले कडाइ नगर्दा उसले जारी गरेका निर्देशन कागजमै सीमित भएको छ । जिल्लामा सार्वजनिक स्थानमा भिड उस्तै छ । मेला, मनोरञ्जनस्थल खुलै छन् । जहाँ सामान्य स्वास्थ्य मापदण्ड पनि पूरा भएको देखिँदैन । भौतिक दूरी त के मास्कको समेत प्रयोग भएको पाइँदैन ।

    १ माघमा प्रत्येक वर्ष लाग्ने माई मेला यसपटक पनि लाग्यो । माई मेला लाग्ने माई नदी शिवसताक्षी र कनकाई नगरपालिकामा पर्छ । यी दुई स्थानीय तहले माई मेला यसपटक नलगाउने निणर्य गरेका थिए । तर, प्रशासनको कमजोरीका कारण भीड भने घटेन । ‘यो धार्मिक आस्थासँग जोडिएको ठाउँ हो । पहिलाको जस्तो भिड त भएन । तर, केही मानिस आएका थिए,’ झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल भन्छन्, ‘यहाँ म एक्लै हुन्छु होला भन्दै आउनेका कारण केही भीड भएको छ ।’

    प्रजिअ रिजाल अन्य ठाउँमा भिडभाड नभएको दाबी गर्छन् । तर, सार्वजनिकस्थलमा र गुम्ने ठाउँमा भिड उस्तै छ । ती ठाउँमा प्रशासनको उपस्थिति नै छैन । वनभोज खाने, गुम्ने लगायतका कारण जिल्लाका केही पर्यटकीयस्थलमा भिड उस्तै छ । जिल्ला प्रशासन कार्यालयले चासो नदिँदा मनोरञ्जनस्थल फनपार्कमा भिड नियन्त्रण हुन सकेको छैन । झापामा रहेका दर्जन बढी फनपार्कमा साँझ परेपछ थामिनसक्नु भिड हुन्छ । गत २५ पुसमा शिवसातक्षीस्थित झिलझिलेमा उद्घाटन भएको वाटर किङ्डम पार्कमा दैनिक कन्सर्ट भइरहेको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले यसको उद्घाटन गरेका थिए । तर, यो कन्सर्ट रोक्न जिल्ला प्रशासन कार्यालयले ध्यान दिएको छैन ।

    ‘अहिले पार्टीका अधिवेशनहरू वैधानिक संकटले गर्नैपर्ने छन् । यी महत्त्वपूर्ण भए । तर, महत्त्व नभएका यस्ता मनोरंजनस्थल खुल्न हुँदैन,’ प्रजिअ रिजालले भने, ‘यसबारे बुझेर आवश्यक कदम चालिनेछ ।’

    सार्वजनिकस्थलमा मात्र हैन, नाकामा पनि हेलचेक्रयाइँ उस्तै छ । झापा भारतसँग १४४ किलोमिटर खुला सीमा जोडिएको छ । पश्चिम बंगाल राज्य र विहार राज्य झापासँग जोडिएको छ । जिल्ला प्रशासन कार्यालयलय पूर्वी नाका काँकडभिट्टा र भद्रपुर नाकामा कडाइ गरेको छ । तर, अन्य साना नाकाबाट सहजै आउजाउ छ । अन्य नाकाबाट चिनीदेखि तेल लिनसम्म स्थानीय भारत नै पुग्छन् । जसकारण संक्रमण बढ्ने खतरा छ ।

    ‘धेरै भिडभाड हुने नाका काँकडभिट्टा र भद्रपुर हो । यसलाई व्यवस्थित गरेका छौँ । सकभर दैनिक उपभोग्य सामान लिन जानेलाई फर्काउने गरेका छौँ । तर, अनेक अत्यावश्यक विषय देखाएर पनि जान खोज्छन्,’ प्रजिअ रिजालले भने, ‘तर, नाकामा स्वास्थ्य परीक्षण गर्छौँ । भिडभाड हुने नाका व्यवस्थित गर्ने प्रयास गरेका छौँ ।’

    भारतबाट आउनेलाई केही दिन होल्ड गरेर राख्न मेचीनगर-१४ स्थित दुहागडीमा बन्दै गरेको होल्डिङ सेन्टर अझै पूरा भएको छैन । नेपाली सेनाको चारालीस्थित नयाँ  श्रीनाथ गणले सुपरीवेक्षण गर्दै आएको होल्डिङ सेन्टरको काम अझै नसकिएको हो । चैतसम्म समय थपिएको प्रजिअ रिजालले जानकारी दिए । जसका कारण भारतबाट आएका नागरिक सीधै घरसम्म पुग्ने गरेका छन् । जसले गर्दा संक्रमण बढ्ने खतरा छ । काम सकिनै लाग्दा पनि सरकारले ४० प्रतिशत मात्र भुक्तानी दिएका कारण होल्डिङ सेन्टर जिम्मा नलगाइएको निर्माण कम्पनी हनुमान निर्माण कम्पनीले जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.