चितवन ।
पूर्वी चितवनको कपरखोरी मा निशुल्क आखा“ शिबिर सन्चालन भएको छ । लागु पदार्य दुब्र्यवसनी न्युनिकरण अभियानमा सक्रिय सामाजिक संस्था सपोर्ट एण्ड केयर, नेश्नल आखा अस्पताल र आई क्याम्प फोर चितवन नामक संस्थाका जमर्नी नागरीकहरुले निशुल्क आखा शिबिर सञ्चालन गरेका हुन् । बिगतको वर्ष जस्तै यो पटक पनि जिल्लाका सबै स्थानिय तहमा ७ वटा शिबिरको आयोजना गरिएको र पाचौ शिबिर कपरखोरी स्थीत सर्पोटएण्ड केयरको कार्यालयमा गरिएको संस्थाका अध्यक्ष राजबन्दु गौतमले बताउनु भयो । शिबिरमा ३१० जनाको निशुल्क आखा परिक्षण गरी औषधी चस्मा निशुल्क बितरण गरिएको उहाले बताउनुभयो । शिबिर निकै राम्रो लागेको टिकौली मध्यवर्ती सामुदायीक वनका अध्यक्ष ईस्वरी प्रसाद लामिछानेले बताउनु भयो । पहिलो शिबिर पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर २ रेडक्रष भवनमा भएको थियो । दोस्रो माडि तेस्रो थाकलटार चौथो ईक्छाकामनाको सुन्दर बस्ति र पाचौ रत्ननगरको कपरखोरीमा भएको हो । आयोजक संस्था नेस्नल आखा अस्पताल भरतपुरका डा राजेन्द्र बहादुर श्रेष्ठले अस्पतालले अस्पतालको अलाबा बाहिर पनि यस्ता कार्यक्रम हरु गर्ने गरेको र शिबिरबाट मोतियाबिन्दुको अप्रेसन गर्नु पर्ने बिरामीहरुका लागी आफनो अस्पतालमा निशुल्क अप्रेसन गरिने बताउनु भयो । शिबिरमा र्जमन बाट आएको काटिया र ब्रिगिट को नेत्रित्वको ९ जनाको टिम खटिएको छ भने नेश्नल आखा अस्पताल र सपोर्ट एण्ड केयर संस्थाका गरि ५० भन्दा बढि स्वयमसेवकहरु परिचालन गरिएको छ । ३० गते सम्म सन्चालन हुने शिबिरमा आफुहरुले सबै खालका सेवा निशुल्क प्रदान गरेको जमर्नी नागरिक ब्रिगिटले बताउनु भयो । बिहाना १० बजे देखी ५ बजे सम्म शिबिर आयोजना हुने भएकाले शिबिरमा सहभागि भई लाभ लिन आयोजकले सबैमा आग्रह गरेको छ ।








