काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार)को मौसम पूर्वानुमान जारी गरेको छ । हाल देशभर मनसुनी वायु को प्रभाव रहेको र भारतको उत्तर प्रदेशको उत्तर(पूर्वी भू(भाग नजिक निम्न चापिय क्षेत्र रहेको महाशाखाले जनाएको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ । महाशाखाका अनुसार दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश न १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राती भने देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।








