• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जिल्ला प्रहरी कार्यालय हुम्लाविरुद्ध नेपाल बार एसोसिएसनको प्रेस विज्ञप्ति

  •   शनिबार, माघ ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाले नागरिकलाई दिने सेवा प्रवाहको कामलाई लिएर नेपाल बार एसोसिएसन जिल्ला अदालत बार इकाईले प्रेस विज्ञप्ति जारी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाले फौजदारी मुद्दाको समयमै दर्ता नगर्नुका साथै न्यायको खोजीमा पुगेका दुर्गम जिल्लाका अबुझ नागरिकलाई उल्टै दुःख दिएको भन्दै प्रेस विज्ञप्ति निकालेको हो ।

    नागरिकलाई ससाना कुरादेखि गम्भीर अपराधका घट्नालाई दुःख दिने गरेको आरोप लगाउँदै इकाई बारले विज्ञप्ति निकालेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाले पीडकलाई संरक्षण गर्दै पीडितलाई थप दुःख दिइरहेको विज्ञप्तिमा भनिएको छ ।

    सरकारवादी फौजदारी मुद्दाको प्रवेशद्वार मानिने जिल्ला प्रहरी कार्यालय हुम्लाले न्यायको प्रस्थान गर्ने द्वार बन्द गरेका व्याप्त, अव्याप्त घट्नाले हुम्ली समाजमा न्यायको मार्ग अवरुद्ध भई कानुनी समाजको स्थापनामा हुन नसकी नेपालको संविधानको मर्म विपरीत हुने गरी समग्र कानुनी राज्यको उपेक्षा गरेको देखिएको इकाई बार हुम्लाले निकालेको विज्ञप्तिमा भनिएको छ ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाले जाहेरी दरखास्त दर्ता नगर्ने जबरजस्ती करणीका मुद्दालगायतमा जघन्य अपराधअन्तर्गतका मुद्दाको अभियोग दर्ता नगर्न प्रेरित गर्ने, चल्छ, चल्दैन, ठहर्छ, ठहर्दैन भन्ने जस्ता कुरासमेतको निर्णय आफै गरी ठहर्ने मुद्दामा पनि पीडित पक्षलाई धम्काएर मिलाउनका लागि प्रहरी कार्यालयका प्रमुख नै अनुचित प्रभावमा परी जिल्ला प्रहरी कार्यालयको अकर्मण्यताका कारण शक्ति पृथविकरणको सिद्धान्तलाई समेत प्रभावित पारी सर्वसाधारणलाई न्यायको पहुँचबाट अवरुद्ध बनाएको अवस्था देखिएको बार इकाई हुम्लाको प्रेस विज्ञप्तिमा भनिएको छ ।

    सर्वसाधारणहरूको न्यायमा पहुँच पुर्‍याउन भूमिका निर्वाह गर्ने कानुन व्यवसायीले पीडितका हक अधिकार सुनिश्चित गर्न उनीहरूको समस्यालाई प्रतिनिधित्व गर्दै प्रहरी कार्यालयमा जाँदा हप्काई दप्काई अपमानजनक व्यवहारको सामना गर्नुपर्ने परिस्थिति सिर्जना भएको हुँदा अन्य सर्वसाधारण न्यायको लागि सो ठाउँ जाने र बोल्ने अवस्था रहन नसकेको भन्दै जिल्ला अदालत बार इकाई विज्ञप्ति निकालेको बारका सचिव राजन चन्दले बताए ।

    कानुनी सचेतनाको अभियन्ताका रूपमा स्थापित हुम्ला बार इकाई र सोसँग आबद्ध कानुन व्यवसायीको तेजोवध गर्ने गरेको कारणबाट हुम्ली समाजको न्यायमा पहुँच अवरुद्ध भएको छ । अपराध पीडितका अधिकारलाई संरक्षित गर्ने प्रतिबद्धता जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रवेश गर्ने मूल द्वारको दायाँ बायाँ अपराध पीडितका अधिकार लामो सूचीको बोड्ले जिल्ला प्रहरी कार्यालय स्वयंलाई गिज्याई रहेको अनुभूति जो कोहीले गर्न सक्ने विज्ञप्तिमा भनिएको छ ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाको अकर्मण्यताले उन्मत्त पदाधिकार व्यक्तिलाई कानुनी दायरामा ल्याउन र हुम्ली समाजले न्यायको पहुँचको अवधारण साकार भएको महसुस गर्न पाउने वातावरण सृजना गरी कानुनी राज्यको अवधारण अन्तर्गत कानुनी समाजको स्थापनाको लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गरेको छ ।

    हुम्ला जिल्ला बार इकाईको अध्यक्ष मंगल बहादुर शाहीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विज्ञप्तिमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गरेको हो । यस्तै नेपाल बार एसोसिएसन काठमाडौं, प्रहरी प्रधान कार्यालय काठमाडौं नक्साल र प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई बोधार्थ गरिएको हो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.