• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रदेश १ मा भागबन्डा मिलाउन ७ वाट १२ मन्त्रालय पुर्‍याइँदै

  •   आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  पाँच दलीय गठबन्धनले नेतृत्व गरेको प्रदेश १ मा भागबन्डा मिलाउनका लागि मन्त्रालयको संख्या १२  पुर्‍याईने भएको छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले नेतृत्व गरेको प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतलाई मन्त्रालय भागबन्डा मिलाउन ५ वटा मन्त्रालय थप गरिन लागेको हो ।

    ‘यसअघिको ७ वटा मन्त्रालयमा ५ वटा मन्त्रालय थप गरेर प्रदेश १ मा १२ मन्त्रालय  पुर्‍याउने गरी गृहकार्य भएको छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘मुख्यमन्त्रीले यसअघि नै ११ पु¥याउने जनाईसके पनि आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो नेतृत्वको कार्यदलले १२ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ ।’ मन्त्री आङवो नेतृत्वको कार्यदलले १२ मन्त्रालय बनाउन सिफारिश गरे पनि प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन ।

    ‘मन्त्रालय बाँडफाँड कार्यदलले प्रतिवेदन बुझाइसकेको छ, राष्ट्रियसभा निर्वाचन लगत्तै मुख्यमन्त्रीले उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक राखेर मन्त्रालयको संख्या र मन्त्रालय बाँडफाँट सम्बन्धी औपचारिक निर्णय गरिनेछ,’ मन्त्री आङबोले सञ्चारकर्मीसँग भनेका छन । उनका अनुसार मन्त्रालयको संख्या बढने भएकाले स्वतः मन्त्रालय टुक्राउने र त्यसका नयाँ नामाकरणका बारेमा पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रमा अनौपचारिक छलफल भने भईसकेको छ ।

    मन्त्रीपरिषद् विस्तार हुन नसक्दा मुख्यमन्त्री राईले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय आफैसँग राखिरहेका छन् भने अन्य ५ जनालाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा इन्द्र आङ्गवो, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा केदार कार्की, भौतिक पुर्वाधार विकास मन्त्रालयमा हिमाल कार्की, सामाजिक विकास मन्त्रालयमा जयराम यादव तथा सोही मन्त्रालयको राज्यमन्त्रीमा बिष्णु तुम्वाहाम्फेलाई मात्रै जिम्मेवारी तोकिदिएका छन् ।

    गत १६ कात्तिकमा प्रदेश १ को मुख्यमन्त्रीमामा प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । तर, झन्डै तीन महिना बितिसक्दा पनि मन्त्रीपरिषदलाई पूर्णता दिन नसकिरहेका राईले ५ दलीय गठबन्धनभित्र भागबन्डा मिलाउन मन्त्रालयलाई टुक्राएर १२ पुर्‍याउन लागेका हुन् ।

    उता, केही दिन अघि बसेको ५ दलीय गठबन्धन आवद्ध उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक पछि संयोजक राजीव कोइरालाले राष्ट्रियसभा निर्वाचन पछि प्रदेश १ को मन्त्रीपरिषद् विस्तार र प्रदेश नामाकरणका बारेमा निर्णय लिने बारेमा छलफल चलिरहेको जनाएका छन । उनका अनुसार १२ माघमा हुने राष्ट्रियसभा निर्वाचन लगत्तै प्रदेश १ मा मन्त्रीपरिषद् बिस्तार हुनेछ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.