• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

तोरीखेतीमा चितवनका कृषकको आकर्षण बढ्दो: १३ हजार २ सय ७० हेक्टर क्षेत्रफलमा तोरीखेती

  •   सोमबार, माघ १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवनः । कुनै समय चितवन तोरी खेतीका लागि प्रसिद्ध थियो । बीचको समयमा खासै यसतर्फ तर्फ चासो नदिएका किसानहरु पछिल्ला वर्षहरुमा विस्तारै यसतर्फ आकर्षित हुँदै गएका हुन् । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १३ हजार २ सय ७० हेक्टर क्षेत्रफलमा तेरी खेती गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा १२ हजार २ सय ६० हेक्टर क्षेत्रफलमा तोरीको खेती गरिएको थियो । कार्यालयका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष तोरी खेती गर्ने कृषकको संख्या बढेको छ ।

    उहाँले भन्नुभयो “यस वर्ष तोरी खेतीका लागि ज्ञान केन्द्रले ब्लक कार्यक्रम सञ्चालन गरेको छ जसले कृषकलाई आकर्षित ग¥यो ।” गहुँ लगाउने किसानहरु तोरी खेती तर्फ आकर्षित भएका कारण तोरी खेती गर्ने किसान बढेको उहाँको भनाई छ । छिटो उत्पादन लिने बाली भएकाले तोरी खेतीमा कृषक बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तोरी खेती गरे पछि अन्य वाली पनि छिटो लगाउन पाउने भएकाले कृषकको आकर्षण बढेको छ ।”

    अघिल्लो वर्ष जिल्लामा तोरीको उत्पादकत्व प्रतिहेक्टर एक मेट्रिक टन रहेको भए पनि यो वर्ष २ प्रतिशतले बृद्धि हुने अनुमान कार्यालयले गरेको छ । कार्यालयका योजना अधिकृत उमराज अर्याल निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाहरुले तोरी खेती गर्न थालेका छन् । जंगली जनावरले खासै नोक्सान नपु¥याउने भएपछि यस क्षेत्रका बासिन्दा तोरी खेतीमा आकर्षित भएका हुन । उहाँले भन्नुभयो “तोरी बालिलाई हात्ती, गैंडा र चित्तलले खासै मन नपाउने भएकाले यस तर्फ कृषक बढ्दै गएका छन् ।” माडी नगरपालिका वडा नम्बर ३ की रसपतिया चौधरी बिगत तीन वर्षदेखि तोरी खेती गर्दै आउनु भएको छ । त्यस अघि गहँु खेती गर्ने उहाँ जंगली जनावरका कारण खेती गर्न मन लाग्न छोडेको भए पनि माईतीले तोरी लगाउन सल्लाहा दिएपछि यो खेती गरेको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो “जनावरले मकै, गहुँ लगायतका बालीमा नष्ट गर्न थालेपछि तोरी लगाउन सुरु गरेँ ।” उहाँले अहिले एक विगाह क्षेत्रफलमा तोरी खेती गर्दै आउनु भएको छ । अहिले माडीको वडा नम्बर ३ बैराष्ठ क्षेत्रमा अधिकांश स्थानमा तोरी खेती गरिएको छ । निकुञ्जसँग नजिक रहेकाले पनि यस क्षेत्रका किसान तोरी खेतीमा आकर्षण वढेको जागृति कृषक समूहका अध्यक्ष ओमप्रकाश महतोले बताउनुभयो । उहाँले भन्नुभयो “निकुञ्जबाट नजिक रहेकाले जनावरले क्षती नपु¥याउने बालीको रुपमा तोरी खेती गरिएको हो ।”

    उहाँले अहिले १२ कठ्ठा क्षेत्रफलमा तोरी खेती गर्दै आउनु भएको छ । यहाँका कृषकहरु अहिले समूहत रुपमा तोरी खेती गर्दै आएका छन् । समूह निर्माण गरेर तोरी खेती गर्नेको संख्या बढेको उहाँले बताउनुभयो । अहिले यस क्षेत्रमा मात्रै २ सय हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको ज्ञान केन्द्रका योजना अधिकृत अर्यालले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र चितवनबाट प्रथम बर्ष सञ्चालन गरिएको तोरी व्लकको कार्यक्रमले समेत कृषकलाई यस खेती तर्फ आकर्षण वढाएको उहाँले बताउनुभयो ।

    चितवनमा मोरङ–२, प्रीति, प्रगती, चितवन स्थानीय जस्ता जातका तोरीहरु लगाइदै आईएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.