• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बजार अभावमा किसान पीडित

  •   मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । महोत्तरी बर्दिबासका गणेश सुवेदी अघिल्लो चुनावको समयमा साउदी अरबको तातो घाममा मजदुरी गर्दै थिए । स्थानीय चुनावताका उम्मेदवार बनेकाहरूले घोषणापत्रमा लिपिबद्ध गरेका प्रतिबद्धताहरू सुवेदीको आँखामा अहिले पनि झल्झली याद आइरहन्छ ।

    ‘घर–घरमा सिंहदरवार बनेपछि सुविधाहरू त पाइयो, तर जनप्रतिनिधि जनमुखि बन्न नसक्दा दुःख पाइयो,’ उनी भन्छन् ।

    जिल्लामा १५ वटा पालिकामध्ये कतिपय पालिकाका सरकारले शक्ति प्रदर्शन गर्दैमा आफ्नो कार्यकाल सकाउने अवस्थामा छन् । कतिपय पालिकाका सरकारलाई कोरोना माहामारी नै काम गर्न नसक्नुको मुख्य हतियार बन्यो ।

    युवा पहलायनलाई रोक्न विकाशका आधारहरू तयार गरी कृषिलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने टड्कारो आवश्यकता देखिँदादेखिँदै सरकारभित्रका जनप्रतिनिधिहरूको झगडाले कतिपय पालिकाका उपलब्धीहरू नै कमजोर बने ।

    संघीयता स्थपना भएपछिको पहिलो निर्वाचनमा फ्याँकिएका घोषणापत्रहरूले अहिले स्थानीय सरकारलाई जिस्क्याइरहेको देखिन्छ । युवा पहलायनलाई रोक्न स्वरोजगारका कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पूरा हुन नसक्दा महोत्तरीमा अहिले पनि सबैभन्दा बढी वैदेशिक रोजगारको खोजीमा युवा भौँतारिरहेका छन ।

    महोत्तरी इन्सेकको एक तथ्यांकअनुसार विगत पाँच वर्षको कार्यकालमा कार्यकालको पहिलो वर्ष बैदेशिक रोजगारमा कमि आए पनि त्यसपछि भने वृद्धि भएको छ । वैदेशिक रोजगारको खोजीमा खाडी मुलुक जाने मात्र १० प्रतिशतले वृद्धि भएको देखिएको छ ।

    महोत्तरीका १५ वटै पालिकामा जनप्रतिनिधिहरूबीचको आ–आफ्नै अडानले विकाशका कार्यहरू ओझेलमा परेको स्थानीयहरू बताउँछन । बजेट बाँडफाँटमा मूख्य भुमिका पालिका प्रमुखको हुने हुँदा विकाससमेत सन्तुलित ढंगवाट नभएको स्थानीयहरूको गुनासो छ ।

    गणेश सुवेदी जस्तै स्थानीय सरकारका योजना सुनिसकेपछि हौसिएर गौशालाका राम महतो वैदेशिक रोजगारलाई बिट मारेर स्वदेश फर्किए । स्वदेश आएर कुखुरापालन व्यवसाय गरेका उनलाई नोक्सान यति सहनुप¥यो कि उनले परदेशमा कमाएको पैसा सबै सकियो ।

    ‘कमसेकम बजार र प्राविधिक सहयोग गरे पनि सफल बन्न सकिन्थ्यो,’ उनले, ‘सरकारप्रतिको भरोसा र बजार नहुँदा उल्टै विदेश आएर अहिले नोक्सानको पैसा तलबवाट व्यहोर्दै छु ।’

    स्थानीय सरकारले सबैभन्दा बढी कृषिमा बजेट छुट्याइएका छन् । तर, अनुदान तथा सहयोग किसानसम्म नपुग्दा कृषि व्यवसाय नै धरासयी बनेको छ ।
    शक्ति र पहुँचको भरमा कृषिको बजेट दुरुपयोग भएको स्थानीयको आरोप छ । जिल्लामा करिब दुई हजार ४०० भन्दा बढी व्यवसायिक कुखुरापालक, बाख्रापालक र आधुनिक तरकारी खेती गर्ने किसान छन । तर, उनीहरूको लगानी र मिहेनत भने सबै बालुवामा पानी खनाए जस्तै भएको उनीहरू गुनासो गर्छन् ।

    ‘दुःख गरेर तरकारी उत्पादन गर्‍यो सबै खेतमा नै कुहिन्छ,’ ईश्वर बस्नेत सुनाउँछन, ‘अघिल्लो वर्ष खेतमा बन्दा लगाएँ, तर बजारको अभावले सबै काटेर भैसीलाई खुवाउनुपर्‍यो ।’

    किसानहरूले उत्पादन गरेका कृषि उपजहरूको भण्डारणदेखि बजारको सुनिश्चितताको लागि बर्दिबासको मसानघट्टको ८२ बिघा क्षेत्रफल विशाल कार्यायोजना कार्यान्वयनको चरणमा रहे पनि तत्काल बजारको पहुँच नहुँदा किसान समस्यामा छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.