• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सीमामा खटिएका स्वास्थ्यकर्मीको बिजोग, संक्रमित हुँदा पनि काम गर्नुपर्ने बाध्यता

  •   बुधबार, माघ १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । भारतबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्न गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यर्की आफै कोरोना संक्रमित हुँदा खाने व्यवस्थासमेत नभएर समस्यामा परेका छन् ।

    सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मीमध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित स्वास्थ्यकर्मी सीमामै रहेको सुरक्षा भवनलाई आइसोलेसन बनाएर बस्दै आएका छन् । तर खाने व्यवस्थासमेत नहुँदा उनीहरू समास्यमा परेका छन् । ‘घर जाउँ भने परिवारलाई कोरोना सर्छ,’ गौरिफन्टा नाकास्थित स्वास्थ्य विटका संयोजक गणेश साउँदले भने, ‘परिवार सुरक्षित बनुन् भनेर यतै बसिरहेका छौं, तर यहाँ खाने व्यवस्था नै छैन, कसैले हाम्रो वास्ता समेत गरेका छैनन् ।’

    सीम नाकामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको बारेमा जिल्ला स्वास्थ्य कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र कञ्चनपुरको पुनर्वास नगरपालिकालाई जानकारी गराइएको उनले बताए । सीमाको व्यवस्थापन गर्ने तीनवटै निकायलाई जानकारी गराइएको भए पनि कारोना संक्रमित स्वास्थ्यकर्मीको व्यवस्थापनमा कसैले ध्यान नदिएको उनले बताए ।

    ‘कोरोना संक्रमित भएर पनि बाध्य भएर भारतबाट आएका नागरिकको स्वास्थ्य चेकजाँच गराइरहेका छौं,’ स्वास्थ्य इन्चार्ज साउदले भने, ‘काम नगरौं भने भारतबाट आएकाहरु सोझै घर जाने डर छ, काम गर्न पनि समस्या भइरहेको छ ।’

    साउद आफैलाई समेत कोरोना संक्रमण भएको छ । तीन दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा आफैलाई काेरोना पोजेटिभ देखिएको उनले बताए । कोरोना पोजेटिभ देखिए पनि नाकामा काम गर्ने जनशक्ति नहुँदा आराम गर्न नपाइएको उनले बताए । ‘पखाला चलेको छ, ज्वरो आएको छ, शरीरका जोर्नी दुखेर धेरै समस्या भइरहेको छ,’ उनले भने, ‘श्वास फेर्न पनि केही समस्या भइरहेको छ, तर पनि काम गर्न छोडेको छैन, वैकल्पिक जनशक्ति नभएका कारण बाध्य भएर काम गर्नुपरेको छ ।’

    उनले सामान्य अवस्थामा होटेलमा खाना खाने गरेको बताए । ‘तर संक्रमित भएपछि होलटमा जान मिलेन,’ उनले भने, ‘घर जाँदा पूरै परिवार जोखिममा पर्छन् भन्ने डरले सीमाकै सुरक्षा भवनलाई आइसोलेसन बनाएर बसिरहेको छु, यता बस्न धेरै समस्या छ, न त खाने व्यवस्था छ, न त राम्रो बस्ने व्यवस्था नै ।’

    पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले भने सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको बारेमा ढिलो गरी मात्रै जानकारी पाएको बताए । ‘उहाँहरूलाई दुई चार दिनअघि नै कोरोना संक्रमण भएको रहेछ,’ मेयर थापाले भने, ‘मैले मंगलबार मात्रै जानकारी पाए, अब व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गछौं ।’

    आफू राष्ट्रिय सभाको निर्वाचनका लागि धनगढी रहेको बताउँदै उनले फर्केपछि मात्रै उनीहरूको थप व्यवस्थापन गरिने बताए । तर कोरोना संक्रमण भएका स्वास्थ्यकर्मीलाई फोन गरेर आवश्यक पर्ने सामग्री खरिद गर्न भनिएको उनले बताए ।

    ‘तत्काल खानका लागि समस्या नहोस् भनेर नजिकैको पसलबाट सामान लगेर बिल ल्याउन भनिएको छ,’ मेयर थापाले भने, ‘अन्य व्यवस्थापन भोलि गछौं, थप स्वास्थ्यकर्मी चाहिए हामी पठाउन तयार छौं ।’ मेयर थापाले स्वास्थ्यकर्मीलाई जोखिम मोलेर काम गर्न नदिइने बताए । ‘हामीसंग नगरपालिकामा अझै १९–२० जना स्वास्थ्य कर्मचारी छन्,’ मेयर थापाले भने, ‘उनीहरूलाई सीमामा खटाएर भए पनि त्यहाँ कार्यरत कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई आराम दिइने छ, त्यसका लागि उहाँहरूसँग परामर्श हुने छ ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.