बारा । ११ बर्ष अघि भुमीगत गिरोहको नाममा चन्दा नदिएको निहुँमा शिक्षकको हत्या गरेका अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । शिक्षक प्रदीपकुमार तिमिल्सिनालाइ सडकमै गोली हानि हत्या गर्ने नन्दु बैठालाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट ११ बर्ष पछि घर आएको समयमा प्रहरीले आधा घण्टामै नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । साविकको गाविस फेटा–१ मा नेपाल राष्ट्रिय माविका शिक्षक तिमिल्सिनाको गोली हानी हत्या गरे लगतै फरार रहेका मुख्य अभियुक्त ४४ बर्षका बैठालाई प्रहरीले नेपाल प्रबेश गर्ने बितीकै सुचनाको आधारमा घर घेरा हाली नियन्त्रणमा लिएको हो । संगठनको नाममा धेरै जनासँग चन्दा सकंलन गरेको,हत्या हिसांमा बढदो त्रास फैलाएको, जिल्लामा आतंक मच्चाएपछि प्रहरीको खोजीको सूचीमा रहेका बैठा भारत भागेका थिए । ११ बर्ष पछि नेपाल छिरेका उनी प्रहरीको घेराबन्दिमा परेका हुन् । शिक्षक हत्यामा संलग्न सुनिल जैसवाल, रामनारायण सहनी र बिजय पटेल समेतले गोली प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सुनिल जैसवाल २०७० साउन २४ गते पक्राउ परी अदालतले जन्मकैदको सजाय सुनाएको छ भने विजय पुर्पक्षका लागि थुनामा रहेका छन् ।








