काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक सेवा बाहेकका सेवाहरु बन्द गर्ने भएको छ । केन्द्रले सोमबार विज्ञप्ति निकाल्दै कोभिड संक्रमण महामारीको रुप लिइरहेको र अस्पतालमा भर्ना भएका बिरामीहरुमा पनि कोभिड पोजिटिभ देखिएकाले सेवा बन्द गर्नु परेको जनाएको छ । अस्पतालका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले थप निर्णयका लागि कोभिड(१९ संक्रमण नियन्त्रण कमिटीुसँग छलफलमा रहेका बताए ।








